780 views 1 sec 0 comments

अज्ञात समूहद्वारा गाडीमा आगजनी

In देश, राजनीति
४ मंसिर २०७४, सोमबार १२:५२

 

 

संखुवासभा : चैनपुर नगरपालिका- ६ मा मध्यराति २ बजे वानटेन गाडीमा आगजनी भएको छ । पार्किङ गरेर राखिएको को १ ज २१२३ नम्बरको गाडीमा अज्ञात समूहले आगाजनी गरेको स्थानीय भिषण शाक्यले जानकारी दिए ।

बसपार्कमा राखिएको स्थानीय आषिश शाक्यको गाडीमा आगजनी भएको हो । आगजनीका कारण गाडी पुर्णरुपमा क्षति भएको छ । घटना स्थल प्रहरी चौकी र आर्मी रहेको स्थान नजिकै रहेको छ । आगाजनी कसले गराएको खुल्न सकेको छैन । यस अघि कात्तिक २८ गते वामगठबन्धनका प्रतिनिधिसभा उम्मेदवार एमाले नेता राजेन्द्र गौतम र प्रदेशसभाका उम्मेदवार माओवादी नेता पूर्णप्रसाद राई चुनावी प्रचारप्रसारमा जानेक्रममा बम विस्फोटन भएको थियो।