सुत्ने, खाने समय सकियो, अबको समय दौडिने हो : मुख्यमन्त्री राई
पाँच दलीय गठबन्धनको सरकारको नेतृत्व गरेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई नियुक्त भएको डेढ महिना पुग्न लागेको छ । गत कार्तिक १६ मा प्रदेशको तेस्रो मुख्यमन्त्रीका रूपमा नियुक्त मुख्यमन्त्री राईको सरकारले अहिलेसम्म मन्त्रीमण्डल बिस्तार गर्न सकेको छैन । प्रदेश सरकार मन्त्रालय फुटाउने तयारीमा छ । मन्त्रालय फुटाउँदा पनि खर्च खासै नबढ्ने जिकिर छ राईको […]
कांग्रेस महाधिवेशन : अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना आजैदेखि…
कांग्रेस महाधिवेशनमा भएको चुनावमा सभापतिको परिणाम आइसकेकाले अब अन्य पदाधिकारी र केन्द्रीय सदस्यको आजैदेखि गणना सुरु हुने भएको छ । अन्य पदाधिकारीको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ । उहाँले मत गणनालाई जतिसक्दो छिटो सम्पन्न गर्नेगरी व्यवस्थापन गरिने बताउनुभयो । “आजै अपराह्नबाट मत गणना सुरु गर्छौं, पदाधिकारीबाटै मतगणना हुन्छ”, उहाँले भन्नुभयो, “हामी अहोरात्र खटेर […]
कांग्रेस महाधिवेशन दोस्रो चरणको निर्वाचन आजै…
कांग्रेसको भावी सभापतिको टुंगो दोस्रो चरणको निर्वाचनले लगाउने भएको छ । त्यसको लागि आजै निर्वाचन हुने कांग्रेस निवार्चन आयोगले जनाएको छ । प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले खसेको मतको बहुमत नल्याएकाले सभापति चयन प्रक्रिया दोस्रो चरणमा पुगेको हो । निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले निर्वाचन समितिको बैठक बसेर निर्णय गर्ने बताए ।
अपडेटः काँग्रेसको चुनावमा ११ सय मत खस्यो…
नेपाली काँग्रेसको नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि जारी चुनावमा सोमबार दिउँसोसम्म ११ सय मत खसेको छ । निर्वाचन समितिका एक सदस्यले दिउँसो ३ बजेसम्म ११ सय प्रतिनिधिले मतदान गरेको जानकारी दिए । मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा सभापतिका सभापतिका प्रत्यासी शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधिसहित उपसभापतिका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता […]
कांग्रेस निर्वाचनमा ६०० मत खस्यो…
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार मतदान भइरहेको छ । निर्धारित समय ९ बजेभन्दा करिब २ घण्टा ढिलो गरी शुरु भएको मतदानमा दिउँसो २ बजेसम्म करिब ६ सय मत खसेको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए । मतदान गर्नका लागि भृकुटीमण्डपमा दुईवटा र राष्ट्रियसभागृहमा एउटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । धेरै उम्मेदवार […]
प्रधानमन्त्री देउवाविरुद्ध नारा लगाएको आरोपमा एक युवक पक्राउ…
प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नारा लगाएको आरोपमा एक युवक पक्राउ परेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत राष्ट्रिय सभागृहमा मतदान गरेर फर्किँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी गरेका कारण पक्राउ गरिएको हो । प्रहरीले केहीबेरमा नै उनलाई छाडेको छ । नेपाली […]
फोटो खिच्न नदिएपछि पत्रकारले गरे क्यामेरा डाउन…
नेपाली काँग्रेसको निर्वाचन समितिले सञ्चारकर्मीलाई बाहिर निकाल्न खोजेपछि क्यामेरा डाउन गरेका छन् । निर्वाचनस्थल राष्ट्रिय सभागृहमा काँग्रेस महाधिवेशनको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई निर्वाचन समितिले बाहिर निकाल्न खोजेपछि सञ्चारकर्मीहरूले क्यामेरा डाउन गरेर विरोध गर्दै भुइँमा बसेका हुन् । सञ्चारकर्मीलाई सुरक्षाकर्मीले समाचार संकलन गर्न नदिएर बाहिर निकाल्न धकेलेको गुनासो गरेका छन् ।
एमाले फुट्नुमा ओली र नेपाल दुवै दोषी : डा.भीम रावल
नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावलले पार्टी फुट्नुमा अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल दुवै जिम्मेवार रहेको बताएका छन् । लामो बहस र छलफलपछि दुबै नेताको सहमतिका आधारमा १० बुँदे सहमति भए पनि कार्यान्वयनमा दुवै नेताले अनिच्छुक देखिँदा पार्टी फुटेको उनले बताए । नेकपा एमालेले मेल्लेखको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रावलले १० […]