
कांग्रेस महाधिवेशनमा भएको चुनावमा सभापतिको परिणाम आइसकेकाले अब अन्य पदाधिकारी र केन्द्रीय सदस्यको आजैदेखि गणना सुरु हुने भएको छ । अन्य पदाधिकारीको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ । उहाँले मत गणनालाई जतिसक्दो छिटो सम्पन्न गर्नेगरी व्यवस्थापन गरिने बताउनुभयो ।
“आजै अपराह्नबाट मत गणना सुरु गर्छौं, पदाधिकारीबाटै मतगणना हुन्छ”, उहाँले भन्नुभयो, “हामी अहोरात्र खटेर मतगणना गर्छौं र छिट्टै गणना सम्पन्न गर्ने गरी व्यवस्थापन गर्छौं ।”
आउँदो पुस ५ गते भित्र सबै मत परिणाम आइसक्ने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । उहाँकाअनुसार आज दिउँसोदेखि मत गन्न सुरु गरिनेछ ।