
वेष्ट इण्डिजसँगको टी–ट्वेण्टी क्रिकेट श्रृङ्खला पाकिस्तानले जितेको छ । गए राति भएको दोस्रो खेल ९ रनले जितेसँगै तीन खेलको श्रृङ्खला पाकिस्तानले जितेको हो ।
गएराति कराँचीमा पाकिस्तानले दिएको एक सय ७३ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले २० ओभरमा अलआउट हुँदै एक सय ६३ रन मात्रै बनाउन सक्यो । उसका लागि ब्रान्डन किङले सर्वाधिक ६७ रन बनाए । बलिङतर्फ पाकिस्तानका साहिन अफ्रिदीले तीन तथा मोहम्मद नवाज, मोहम्मद वासिम र ह्यारिस रौफले समान २/२ विकेट लिए ।
तीन खेलको टी–ट्वेण्टी र तीन खेलको एकदिवसीय खेल खेल्न वेष्ट इण्डिज पाकिस्तान भ्रमणमा रहेको छ ।