बिग बाश लिगमा सन्दिपको जादू, पहिलो ओभरमै सिड्नीका कप्तानसहित २ विकेट

In खेलकुद
६ पुष २०७५, शुक्रबार १५:०५

काठमाडौं। अस्ट्रेलियाको घरेलु क्रिकेट बिग बाश लिग खेल्न गएका नेपाली युवा बलर सन्दिप लामिछानेले सुरुमै प्रभावशाली प्रदर्शन गरेका छन् । उनले आफ्नो डेब्यूको दोस्रो ओभरमै सिड्नी थण्डर्सका कप्तान शेन वाट्सन र अर्का ब्याट्सम्यान केलुम फ्रयागुसनलाई आउट गरे । सन्दिपले यो ओभरमा मात्रै ३ रन दिए ।

सन्दिप मेलबर्न स्टार्सका तर्फबाट खेलिरहेका छन् । इनिङको आठौं ओभरमा बलिङ गर्न आएका सन्दिपले आफ्नो ओभरको दोस्रो बलमा थण्डर्सका कप्तान शेन वाटसनलाई निक लार्किनको हातबाट क्याच आउट गराए । सोही ओभरको अन्तिम बलमा उनले आफ्नो बलमा केलुम फ्रयागुसनलाई आफैंले क्याच गरेर आउट गराए । यो ओभरमा सन्दिपले मात्रै ३ रन दिए ।