624 views 0 secs 0 comments

गुण्डा नाइके दीपक मनाङ्गे थुनामुक्त

In देश
६ पुष २०७५, शुक्रबार १४:५१

काठमाडौं। गुण्डा नाइके दीपक मनाङ्गे थुनामुक्त भएका छन्।

डिल्लीबजार कारागारमा रहेका मनाङ्गे सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएसँगै शुक्रबार थुनामुक्त भएका हुन्।

प्रदेशसभा निर्वाचनमा मनाङबाट विजयी भएको उनलाई ज्यान मार्ने उद्योगमा पुनरावेदन अदालत र सर्वोच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएपछि उक्त कारगामा थुनामा राखिएको थियो।