
पाँच दलीय गठबन्धनको सरकारको नेतृत्व गरेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई नियुक्त भएको डेढ महिना पुग्न लागेको छ । गत कार्तिक १६ मा प्रदेशको तेस्रो मुख्यमन्त्रीका रूपमा नियुक्त मुख्यमन्त्री राईको सरकारले अहिलेसम्म मन्त्रीमण्डल बिस्तार गर्न सकेको छैन । प्रदेश सरकार मन्त्रालय फुटाउने तयारीमा छ । मन्त्रालय फुटाउँदा पनि खर्च खासै नबढ्ने जिकिर छ राईको । काँग्रेस, माओवादीलगायत पार्टीको महाधिवेशनले संयुक्त बैठक बस्न नसक्दा अलमलको अवस्था देखिएको मुख्यमन्त्री राई बताउँछन् ।