देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १०:०५
585 views 1 sec 0

भारतीय हतियार भित्रिन सक्ने आशंका

वीरगन्ज: सीमावर्ती भारतीय भूमिबाट भित्रिन सक्ने साना हतियार पर्सामा निर्वाचन सुरक्षाका लागि चुनौती देखिएको छ । यससँगै स्थानीय प्रशासनले भारतसँग सीमा जोडिएका नाकाहरूमा सुरक्षाकर्मीको तैनाथी बढाउनुका साथै चेकजाँचमा कडाइ गरेको छ । ‘खुला सीमाका कारण भारतीय भूमिबाट भित्रिन सक्ने अवैध साना हातहतियार पर्सा जिल्लामा निर्वाचन सुरक्षाका लागि मुख्य चुनौती छ’, प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले भने, […]

देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार ०९:५१
663 views 0 secs 0

चुनावले गर्दा दैनिक पाँच करोडको फूल कारोबार

काठमाडौँ: निर्वाचनका कारण अहिले दैनिक रु पाँच करोडसम्म फूलको कारोबर हुने गरेको छ। अन्य समयमा दैनिक रु दुई करोड फूलको कारोवार हुने गरे पनि निर्वाचन र बिवाह मौसम भएको हुँदा फूलको कारोबारमा वृद्धि भएको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार कारोबार हुने फूलमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत हुन्छ। अन्य […]

देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार ०९:४७
658 views 1 sec 0

आर्थिक अपारदर्शिताले वितृष्णा’

काठमाडौ: राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको अपारदर्शी आर्थिक कारोबारका कारण सरकारी संयन्त्रप्रति जनताको वितृष्णा बढेको बताएकी छन् । महालेखा परीक्षक कार्यालयको भवन शिलान्यास कार्यक्रममा राष्ट्रपति भण्डारीले विश्वव्यापी रूपमा नेपालको आर्थिक अवस्था र सुशासनको साख गिरिरहेकोमा चिन्ता व्यक्त गरिन् । यो स्थितिलाई बदलेर सार्वजनिक तथा आर्थिक कारोबारमा स्वच्छता, पारदर्शिता र जवाफदेहीता कायम गरी सुशासन स्थापित गर्न सक्नु अहिलेको […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १६:१४
581 views 0 secs 0

बालुवाटारस्थित ‘भिआइपी’ क्षेत्रमै बम भेटियो

काठमाडौं– प्रधानमन्त्री, प्रधानन्यायाधिश र सभामुखको सरकारी निवास रहेको बालुवाटारस्थित ‘भिआइपी’ क्षेत्रमै बम भेटिएको छ । अत्याधिक सुरक्षा व्यवस्था रहेको सभामुखको सरकारी निवास अगाडिनै सोमबार बम भेटिएको हो । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेकाहरुले राखेको सो बम नेपाली सेना, सशष्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले निष्कृय पारेको छ । यसअघि मात्रै कांग्रेस नेता गगन थापामाथि लक्षित […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १६:१०
625 views 0 secs 0

ट्राभल एजेन्सीको सेटिङमा विमानस्थलबाटै यसरी हुन्छ मानव तस्करी

पाँचथर हिलेहाङका भूपाल बस्नेत गत ३ मंसिरको राति ९ बजे संयुक्त अरब इमिरेट्स (युएई) जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । व्यक्तिगत कामका लागि उनी भिजिट भिसामा युएई जान लागेका थिए । अध्यागमनले तोकेको सबै कागजपत्र बोकेका थिए । आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन् । तर, विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले ‘शंकास्पद भ्रमण’ भन्दै उनलाई फर्काइदिए । […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १६:०६
877 views 0 secs 0

बम विष्फोटमा परेपछि यस्तो आयो गगन थापाको प्रतिक्रिया

काठमाडौं– काठमाडौको चपली हाइटमा बम विस्फोट हुँदा घाइते भएका कांग्रेस नेता तथा काठमाडौं–४ का कांग्रेस उम्मेदवार गगन थापाले यस्ता घटनाहरुबाट आतंकित तथा विचलित नहुन मतदातालाई आग्रह गरेका छन् । अस्पतालमा सामान्य उपचारपछि अस्पतालबाट बाहिरिने क्रममा घाइते थापाले आफूलाई लक्षित गरेर बम बिस्फोट गराइए पनि आफु बच्न सफल भएको बताए । उनले लोकतन्त्र विरोधी तथा आफ्नो […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १५:४७
691 views 0 secs 0

जोगवनी नाका २१ गते साँझसम्म बन्द

मोरङ, मंसिर १८ –आसन्न चुनावलाई लक्षित गरी जिल्ला सुरक्षा समिति मोरङले सोमबार साँझ ६ बजेदेखि २१ गते साँझ ६ बजेसम्म नेपाल भारत सीमा क्षेत्रको नाका बन्द गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावलाई मध्यनजर राख्दै नाका बन्द गर्ने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो । चुनावको सुरक्षा व्यवस्थालाई […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १५:४५
595 views 1 sec 0

रवीन्द्र मिश्रले भने : गगन थापालाई आक्रमण गर्ने काँतरहरुमाथि कडा कारबाही होस्

काठमाडौं, मंसिर १८ –चुनावी प्रचारप्रसारमा रहेका पूर्व स्वास्थ्यमन्त्री तथा कांग्रेसका युवा नेतासहित ११ जनामाथि काठमाडौं बम आक्रमण गरिएको छ । घाइतेमध्ये थापासहित सात जनाको अवस्था सामान्य छ भने चार जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका थापासहितको समूहमाथिको आक्रमणले राजधानीकै सुरक्षा व्यवस्था फितलो भएको भन्दै […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १५:३८
548 views 0 secs 0

चुनावी सामाग्री बुझेर कर्मचारीहरु आ–आफ्ना मतदान केन्द्रतर्फ

पाल्पा, मंसिर १८ । पाल्पामा निर्वाचनमा खटिएका कर्मचारीहरु चुनावका सामग्री बुझेर आ–आफ्ना मतदान केन्द्रतर्फ लागेका छन् । ६४ प्रकारका सामान र मत पत्रसहित उनीहरु तोकिएका स्थानमा लागेका हुन् । जिल्लामा शान्ति सुरक्षाको अवस्था राम्रो भएकाले निर्धक्क भएर निर्वाचन गराउने कर्मचारीहरुले बताएका छन् । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा २ सय २६ मतदान स्थल र १ […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १५:२२
723 views 0 secs 0

गगनको चुनावी सभामा बम विस्फोट: १० जना बढी घाइते

काठमाडौं। निर्वाचन नजिकिँदै जाँदा काठमाडौंका विभिन्न स्थानमा बम विस्फोटका घटना बढेका छन् । सोमबार मात्रै काठमाडौंको बुढानिलकण्ठमा बम विस्फोट हुँदा १० घाइते भएका छन् । सोमबार बुढानिलकण्ठ २ स्थित भंगालमा काँग्रेसको चुनावी सभालाई लक्षित गर्दै बम विस्फोट हुँदा कांग्रेस उमेद्वार गगन थापा सहित ९ जना घाइते भएका छन् भने २ को अवस्था गम्भीर रहेको बताइएको […]