696 views 0 secs 0 comments

गगनको चुनावी सभामा बम विस्फोट: १० जना बढी घाइते

In देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १५:२२

काठमाडौं। निर्वाचन नजिकिँदै जाँदा काठमाडौंका विभिन्न स्थानमा बम विस्फोटका घटना बढेका छन् । सोमबार मात्रै काठमाडौंको बुढानिलकण्ठमा बम विस्फोट हुँदा १० घाइते भएका छन् ।

सोमबार बुढानिलकण्ठ २ स्थित भंगालमा काँग्रेसको चुनावी सभालाई लक्षित गर्दै बम विस्फोट हुँदा कांग्रेस उमेद्वार गगन थापा सहित ९ जना घाइते भएका छन् भने २ को अवस्था गम्भीर रहेको बताइएको छ । थापाको टाउको र खुट्टामा चोट लागेको छ ।

बुढानिलकण्ठको भंगालस्थित महादेव कोलोनीमा बम विस्फोट भएको थियो । विस्फोटमा परि घाइते भएकाहरुलाई महाराजगंजस्थित टिचिङ अस्पतालमा ल्याइएको छ । यता बिहान कडा सुरक्षा व्यवस्था रहेको बालुवाटारमा समेत बम भेटिएको छ । सभामुखको सरकारी निवास भन्दा ५ सय मिटर पर रहेको बम सेनाको टोली पुगेको २ घण्टापछि मात्रै निष्क्रिय पारिएको थियो ।

त्यसैगरि चुनावी प्रचारप्रसारका लागि धनगढी रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई लक्षित गरि बिहान धनगढीको डिभोटी लज भन्दा ५ सय मिटर पर बम भेटिएको थियो । घर बनाइरहेको स्थानमा राखेको सिमेन्टको बोरामा प्रेसर कुकर बम भेटिएको थियो । सेनाले बम भेटिएको २ घण्टापछि निष्क्रिय पारेको थियो ।