अल्बानिया, मंसिर १८ । अल्बानियामा भारी बर्षापछि आएको बाढीमा सयौं घर डुबेका छन् ।

बाढीका कारण कम्तीमा तीन सय घरमा डुबेर क्षतिग्रस्त भएको जनाइएको छ । बाढीका कारण एक जनाको मृत्यु भएको छ ।
आन्तरिक र बाह्य उडान रद्द गरिएका छन् । उडान रद्द हुँदा १५ सय पर्यटक विमानस्थलमा अलपत्र परेका छन् ।
बिजुलीका पोल ढल्दा विद्युत आपूर्ति बन्द भएको छ ।