
नेपाल वायुसेवा निगमले जापानको नारितामा चार्टर्ड उडानको अनुमति पाएको छ । यसअघि निगमले जापानको ओशाकामा मात्र सेड्यूल फ्लाइटको अनुमति पाएको थियो । सोहीअनुसार निगमले आगामी भदौ दोस्रो सातादेखि ओशाकामा नियमित उडान थाल्दैछ । ओशाका जापानमा कम नेपाली बस्ने क्षेत्र हो । नारितामा भने निगमले धेरै यात्रु पाउने अपेक्षा छ । किनकी नारिता विमानस्थल जापानको राजधानी प्रवेश गर्ने मूख्य हवाई द्धार हो ।