12 views 0 secs 0 comments

२० रेकर्ड बनायको दुइ महिनापछि हिमालमै बिलाय तेन्जेन

In मौसम, विश्व, स्वास्थ्य/जीवनशैली
२२ आश्विन २०८०, सोमबार १६:२५

२२ असोज, काठमाडौँ।

आरोहणको विश्व कीर्तिमान बनाएका नेपाली आरोही तेन्जेन लामाको निधन भएको छ।

चीनमा सिसापाङ्मा हिमालमा शनिबार आएको हिमपहिरोमा परी उनको निधन भएको हो।

दुई महिनाअघि तेन्जेनले आरोहणमा विश्व रेकर्ड बनाएका थिए।

नयाँ रेकर्ड बनाएर नेपाल फर्किएपछि तेन्जेन केही समय आराम गर्न चाहन्थे। तीन महिनामा चौध वटा हिमाल चढ्नु परेकाले उनको शरीरले आराम पाएको थिएन। त्यसैले परिवारका साथ केही समय थकान मेट्ने उनको योजना थियो।

अग्ला शिखर चढ्ने पहिलो अमेरिकी महिलाको कीर्तिमान बनाउन चाहन्थे। र कीर्तिमान चुम्नका लागि त्यहीँ एउटा सिसापाङ्मा मात्र बाँकी थियो। त्यसका लागि उनीहरूलाई नेपाली गाइडरहरूको सहायता चाहिएको थियो

‘सिसापाङ्मा जाने टोलीमा हाम्रा थुप्रै साथीहरू थिए। तर हामीलाई अरूभन्दा तेन्जेनमाथि धेरै भरोसा थियो। उसले नै यो काम गर्न सक्छ भन्ने भयो,’ सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाले भने।

तेन्जेनले आफ्नो आरोहणकालमा विश्वका सबै हिमाल चढे, कीर्तिमान बनाए तर उनले चाहेको एउटा कीर्तिमान भने पूरा हुन पाएन।

‘अबको लक्ष्य डबल १४ पिक गर्ने हो। त्यसको लागि अब जम्मा ६ वटा हिमाल बाँकी छ। १४ पिक गरेकोले अहिले शरीर थाकेको छ। केही समय आराम गरेर यसमा लागिहाल्छु,’ केही समयअघि सेतोपाटीसँग तेन्जेनले भनेका थिए।