Home > Articles posted by NewsDesk (Page 92)
FEATURE
on ७ माघ २०७६, मंगलवार १०:११
492 views 0 secs

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान सूचनामा उक्त प्रणालीको असर कम हुने बताएको हो ।  पूर्वानुमानका अनुसार हाल देशको पश्चिमी भू–भागमा सामान्य बदली रहेको छ भने अन्य भू–भागमा आंशिक बदली रहेको छ। यसैगरी दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ। भने पश्चिमी  भेगका एक वा […]

FEATURE
on ६ माघ २०७६, सोमबार १८:०५
462 views 0 secs

पश्चिम नवलपरासीमा १४ बर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनुवल नगरपालिका वडा नम्वर २ का २२ बर्षीय रोहित यादव रहेका छन् ।   ठुली आमाको घरमा बस्दै आई रहेकी १४ बर्षीया किशोरीलाई माघ ४ गते साँझ उनले बलात्कार गरेको अभियोग छ ।  नवलपरासीका प्रहरी प्रबक्ता डिएसी बिरेन्द्र थापाका अनुसार […]

FEATURE
on ६ माघ २०७६, सोमबार १७:३७
572 views 1 sec

वीरगंज महानगरपालिका-२२ जगरनाथपुरस्थित बाँसघारीमा बहुदरमाई नगरपालिका-७ बस्ने २५ वर्षीय सुरेन्द्र सहनीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-११ श्रीपुर बस्ने २२ वर्षीय अजय कुमार साह, २० वर्षीय राजन साह कानु र सोही ठाउँस्थित रानिघाट बस्ने २० वर्षीय कृष्ण कुमार गुप्ता रहेका छन् ।  गत पुस १९ गते साँझ […]

FEATURE
on ६ माघ २०७६, सोमबार १५:०६
512 views 0 secs

पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको छ ।  लामिछानेको घरमा आज बिहान पकाएको भातमा प्लास्टिक भेटिएको हो । भातको डल्ला क्रिकेट बलजस्तै उफ्रिएपछि लामिछाने परिवारले प्लास्टिकको चामल भएको आशङ्का गर्दै सशङ्कित भएका छन् ।  गणेश खाद्य उद्योग पुरानो पर्सा बजार चितवनले उत्पादन गरेको जीरा मसिनो […]

FEATURE
on ६ माघ २०७६, सोमबार १४:१९
531 views 0 secs

सूर्यबिनायक नगरपालिका-८ बस्ने नारायण गोपाल श्रेष्ठको नेवा किचन होटलबाट जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ  लगायत ५ जनालाई नगद ४६ हजार ७ सय ३० रुपैयाँ र ६ बुक तास सहित प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

FEATURE
on ६ माघ २०७६, सोमबार १२:२०
540 views 0 secs

जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुददाका एक अभियुक्तलाई १२ वर्ष छ महिना कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले सो मुद्दामा पक्राउ परेका गोरखा पालुङटार नगरपालिका–५ का कृष्णकुमार विकलाई आइतबार सो कैद फैसला सुनाएको हो । गत असार १४ गते तनहुँको भानु नगरपालिका–३ तुरतेरस्थित पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा विकलाई कैद […]

FEATURE
on ६ माघ २०७६, सोमबार ११:१४
664 views 0 secs

मिक्लाजुङ गाउपाँलिकाकाे रमितेमा आइतबार राति बम विस्फाेट भएको छ । निर्माणाधीन मिक्लाजुङ–आइतबारे सडक निर्माणका लागि राखिएका ३ वटा एक्स्काभेटरमा विस्फाेट भएकाे भन्ने जानकारी प्राप्त भएकाे मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष राईले जानकारी दिनुभयाे । प्रदेश नम्बर १ सरकारले ५८ करोड ५६ लाख रुपैयाँ बजेटमा ठेक्का स्वीकृत गरेर सडक कालो पत्रे गर्ने क्रम जारी रहेको थियो ।  सडक चौडा गर्दै सुके आहालको साकेला मेला […]

FEATURE
on ६ माघ २०७६, सोमबार १०:३९
698 views 0 secs

उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात  रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् ।  तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९ पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिए ।  ‘हिउँ पर्न रोकिएर घाम लागोस्’ भनेर पुग्मो गाउँका स्थानीयले सामूहिक पूजा सम्पन्न गरेको र केहीमात्रामा हिउँ पर्न रोकिएको उनले […]

FEATURE
on ६ माघ २०७६, सोमबार १०:२९
808 views 0 secs

नेपाल राष्ट्र बैंकले सोमबार (माघ ६) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०४ पैसा रहेको छ ।  यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ८० पैसा र बिक्रीदर १२६ रुपैयाँ ४७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ६४ […]