443 views 0 secs 0 comments

आजको मौसम कस्तो रहला ?

In देश
७ माघ २०७६, मंगलवार १०:११

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान सूचनामा उक्त प्रणालीको असर कम हुने बताएको हो । 
पूर्वानुमानका अनुसार हाल देशको पश्चिमी भू–भागमा सामान्य बदली रहेको छ भने अन्य भू–भागमा आंशिक बदली रहेको छ।
यसैगरी दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ। भने पश्चिमी  भेगका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। त्यस्तै मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखी मध्यम  हिमपातको सम्भावना रहेको छ।
राति भने देशका अधिकांश भू–भागमा  आंशिकदेखि सामान्य बदली रहनेछ।  उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।