436 views 0 secs 0 comments

बलात्कार गरेको अभियोगमा एक जना पक्राउ…

In समाज
६ माघ २०७६, सोमबार १८:०५

पश्चिम नवलपरासीमा १४ बर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनुवल नगरपालिका वडा नम्वर २ का २२ बर्षीय रोहित यादव रहेका छन् । 
 ठुली आमाको घरमा बस्दै आई रहेकी १४ बर्षीया किशोरीलाई माघ ४ गते साँझ उनले बलात्कार गरेको अभियोग छ । 
नवलपरासीका प्रहरी प्रबक्ता डिएसी बिरेन्द्र थापाका अनुसार बाटोमा हिँडिरहेकी ती बालिकालाई नियन्त्रणमा लिएर एकान्त स्थानमा लगि बलात्कार गरेका थिए । 
अभियुक्तविरुद्ध जवरजस्ती करणी उद्योगमा अदालतमा मुद्दा दर्ता भएको छ ।