मदन पौड्याल/उज्यालो । काठमाडौं, मंसिर १२ – सेतै फुलेका कपाल, कालो भादगाउँले टोपीले छोपिएको छ । धमिला आँखालाई पनि चस्माको सहारा हो । लौरो टेकेर पारिलो घाम ताप्न पाटन दरबार आइपुगेका रामप्रसाद अमात्य ललितपुर मंगलबजारका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ ८२ वर्षको हुनुभयो । पहिलो आमचुनावमा उहाँ २३ वर्षको हुनुहुन्थ्यो । उहाँले २०१५ सालको भोट […]
बाजुराः जिल्लाको उत्तरी भेगको पाण्डवगुफा गाउँपालिका–४ स्थित मालिका मावि बाङपानीका मतदान अधिकृत प्रेमराज गिरी सम्पर्कमा आएका छन्। सोमबार मतपेटिकासँगै पोरखे काँधसम्म आएका अधिकृत गिरी एक्कासी सम्पर्कविहीन भएका थिए। मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने ठाउँमा उपस्थित नभएपछि उनको खोजी गरिएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए। अधिकृत गिरी मंगलबार बिहान सम्पर्कमा आई मतपेटिका […]
राजविराजः नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का कार्यकर्ताले राजविराज– कुनौली सडक खण्ड अन्तर्गत रञ्जीतपुरस्थित शसस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नजिकै राखेको शक्तिशाली प्रेसरकुकर बम नेपाली सेनाले मंगलबार बिहान फेला पारी निष्क्रिय पारेको छ। प्रहरी उपरीक्षक मुकेशकुमार सिंहकाअनुसार विप्लवका कार्यकर्ताले उक्त बम पड्काउने योजना बनाइरहेको गोप्य सूचनाका आधारमा जाँच गर्दा शंकास्पद दुई जनालाई पक्राउ गरेको थियो। […]
प्रकाश सिलवाल तम्घास । सर्वेक्षण भएको डेढ दशकसम्म उडान शुरु नभएकोे रेसुङ्गा विमानस्थल र जिल्लाको लाइफलाइनसँग जोडिएको कालीगण्डकी करिडोर निर्माण गुल्मीका मुख्य चुनावी मुद्दा बनेको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मुख्य दलले विमानस्थल र करिडोरका साथै तानसेन-रिडी-तम्घास सडक तथा रिडी-रुद्रवेणी- वामीटक्सार सडक कालोपत्र, शिक्षा, स्वास्थ्य र खानेपानी योजना तथा जिल्लालाई पर्यटकीय […]
मुम्बइ। बाहुबली–२ की स्टार हिरोइन अनुष्का शेट्टीको फिल्म साइज जीरो रिलिज भएको हिजो २ वर्ष पूरा भयो । यो फिल्म २७ नोभेम्बर २०१५ मा रिलिज भएको थियो । निर्देशक प्रकाश कोवेलामुदीले निर्देशन गरेको यो फिल्मका लागि अनुष्काले आफ्नो तौल २० किलो बढाएकी थिइन् । अनुष्कामात्र होइन फिल्मका लागि अन्य सुपरस्टारले पनि तौल बढाएका छन् । […]
सप्तरी । गोप्य सुचनाका आधारमा सप्तरीको विष्णुपुर गाउँपालिका-६ माहाबीरस्थित धान खेतमा खनेर हेर्दा प्रहरीको होस् उडेको छ। प्रहरीले गोप्य सुचनाका आधारमा विष्णुपुर गाउँपालिका-६ स्थित चिया नास्ता पसल गरी बस्ने संजयकुमार रायलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले रिमोटबाट पड्कने प्रेसर कुकर बम धान खेतमा गाडेर राखेको बताएपछि प्रहरीले उक्त ठाउँमा खनेको थियो। खन्ने क्रममा प्रहरीले धान […]
यस वर्ष प्रदर्शनमा आएको हिट फिल्म ‘ऐश्वर्य’बाट दुई कलाकार प्रशान्त ताम्राकार र दीपिका प्रसाईँले नसोचेकै सफलता हात पारे । दीपिकाको यो फिल्म डेब्यु भएपनि प्रशान्त नेपाली फिल्मका लागि पुरानै अनुहार थिए । तर, प्रशान्तले यो फिल्मबाट जुन चर्चा कमाए सायद उनका लागि पनि ‘ऐश्वर्य’ डेब्यु बन्न पुग्यो । फिल्ममा नायक रमेश उप्रेतीमाथी नै हाबी देखिएका […]
आज जताततै चर्चा नायिका ऋचा शर्माको मात्र छ । उनले एक कार्यक्रममा ‘छक्का पञ्जा’ हेरेर ताली पिट्ने दर्शकलाई ‘मूर्ख’ भनेको अभिव्यक्तिले सिनेवृत तरंगीत बन्दा कतिले ऋचाको समर्थनमा बोलेका छन् भने कतिले विपक्षमा । यस विषयमा फिल्मकर्मी र दर्शकहरु पनि विभाजित भएका छन् । यस्तैमा नायिका रेखा थापाले ऋचालाई समर्थन गर्दै सञ्चारकर्मी डिबी खड्काको स्टाटसमा कमेन्ट […]
काठमाडौं, मंसिर १२ – चुनावी सभाका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र (वाम गठबन्धन)का कार्यकर्ताले काठमाडौंको बानेश्वर चोक कब्जा गरेका छन् । वाम गठबन्धनको अहिले हुन लागेको सभाका लागि भन्दै गठबन्धनका कार्यकर्ताले बानेश्वरचोकबाट उत्तरतिर जाने बाटोमा मोटरसाइकलसमेत चल्न नदिएपछि थापा गाउँ तथा पुरानो बानेश्वर जानेलाई समस्या भएको छ । बानेश्वर चोकमा नै सभाको तयारी […]
कैलाली, मंसिर १२ – ‘हाम्रो समाजमा महिलाले जहाँ विवाह गरेर गयो, त्यही घर मानिन्छ । मलाई टुरिस्ट भन्नेहरुले सुदूरपश्चिमभन्दा बाहिरबाट विवाह गर्नु भएको छ, घरका जहान परिवारलाई टुरिस्ट नभन्नु होला । म सुदूरपश्चिमको नभएर कहाँको हुँ ? तपाईं सोच्नु होला, लेखपढ गरेकी छ, जान्ने बुझ्ने छ । यसलाई त आनन्द होला । तर महिनावारी हुँदा […]