अनुष्का शेट्टीदेखि सलमान खानसम्म, यी ८ सुपरस्टारले बढाए फिल्मको लागि तौल

In मनोरञ्जन
१२ मंसिर २०७४, मंगलवार १५:११

banner

मुम्बइ। बाहुबली–२ की स्टार हिरोइन अनुष्का शेट्टीको फिल्म साइज जीरो रिलिज भएको हिजो २ वर्ष पूरा भयो । यो फिल्म २७ नोभेम्बर २०१५ मा रिलिज भएको थियो । निर्देशक प्रकाश कोवेलामुदीले निर्देशन गरेको यो फिल्मका लागि अनुष्काले आफ्नो तौल २० किलो बढाएकी थिइन् । अनुष्कामात्र होइन फिल्मका लागि अन्य सुपरस्टारले पनि तौल बढाएका छन् ।

विद्या बालनले आफ्नो फिल्म द डर्टी पिक्चरका लागि १२ किलो तौल बढाएकी थिइन् ।

रणवीर कपुरले आउँदै गरेको संजय दत्तको बायोपिकका लागि १३ किलो तौल बढाएका छन् ।

सलमान खानले फिल्म सुल्तानको लागि ९६ किलो तौल बढाएका थिए ।

अमिर खानले फिल्म दंगलको लागि २५ किलो तौल बढाएका थिए ।

प्रभासले फिल्म बाहुबली–२ को लागि तौल बढाएर १३० किलो बनाएका थिए ।

राणा दग्गुबतीले फिल्म बाहुबली–२ को लागि ११० किलोसम्म तौल बनाएका थिए ।

रानी मुखर्जीले फिल्म मर्दानीको लागि १२ किलो तौल बढाएकी छिन् ।