निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका स्थानहरुमा मसिंर १४ गते शनिबार निर्वाचन गराउन सरकारलाई सिफारिस गरेको छ । आयोगले बिहीबार राजनीतिक दलहरुसँगको परामर्शपछि सिफारिस गरेको हो। आयोगले तीनवटै तहका रिक्त रहेको ५० स्थानका लागि एकै दिन चुनाव गराउन सिफारिस गरेको छ । आयोगले उपनिर्वाचनको मिति सिफारिस गरेपछि अब सरकारले सो विषयमा निर्णय […]
गुल्मीको सत्यवती गाउँपालिकाको बिभिन्न स्थानमा गएको पहिरोको भूगर्भबिद्को टोलीले अध्ययन सुरु गरेको छ । यही ७ गते सत्यवती गाउँपालिका-३ र ४ को ठूलोलुम्पेक र लिम्घामा ठूलो जनधनको क्षती भएपछि खानी तथा भूगर्भ विभागको टोली शुक्रवार प्रभावित क्षेत्रमा पुगेको हो । बिभागबाट राजेन्द्र आचार्य र सुलभ कठायतको टोली पहिरो गएको क्षेत्रमा पुगेको गुल्मीका प्रमुख जिल्ला अधिकारी […]
दानापुरको बीबीगंजमा बिहीबार ९ कक्षामा पढ्ने एक विद्यार्थी कोचिङ कक्षामा पेस्तोल लिएर पुगे । कक्षा सुरु हुनुभन्दा पहिले सहपाठीहरुलाई देखाउन उनी हातमा पेस्तोल लिएर यताउता घुमिरहेका थिए । यत्तिकैमा झुक्किएर गोली चल्दा उनका साथी आशिक कुमारको छातीमा लाग्यो । गम्भीर घाइते आशिकलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मृतक र पेस्तोल लिएर जाने […]
बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको छ ।घाइते अवस्थामा उद्दार गरिएका सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साहको उपचारका क्रममा मृत्यु भएको हो ।महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी श्यामलाल ज्ञवालीले उनीहरूको मृत्यु भएको पुष्टि गरे ।काठमाडौं प्रहरीका एसपी अशोक सिंहले ठूलो पाइपभित्र पसेर काम […]
प्रदेश २ का बाढी पीडित जनतालाई विशेष राहत तथा रोजगारीको प्याकेज लिएर प्रधानमन्त्री केपी शर्मा ओली आफैं मधेस जाने भएका छन् । शनिवार स्वास्थ्य परीक्षणका लागि सिंगापुर जान लागेका ओली त्यहाँबाट फर्केलगत्तै बाढीपीडित क्षेत्रका जनतालाई भेट्न जानेछन् । प्रदेश २ बाट प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुको टोलीसँग शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर मधेसको अवस्थाबारे जानकारी […]
भरतपुर महानगरपालिका वडा नं १० चितवन मेडिकल कलेज अगाडि मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नं ९ का १९ वर्षीय प्रदीप सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना४८प ७०६४ नंको मोटरसाइकलले बिहीबार राति ११ बजे पैदलयात्री सुनारलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते सुनारको […]
आगामी तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका छन् । शुक्रबार, शनिबार र आइतबारसम्म केही स्थानमा चट्याङ्ग पर्ने र पश्चिमको पहाडि भूभागको एक वा दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउनुपर्ने मौसमविदको भनाइ छ ।
बाजुराको गौमुल गाउँपालिका–६ शान्ति टोलमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । गएराति १२ः३० बजे पहिरोले घर बगाउँदा ३० वर्षीया निरुता चदारा र उनकी छ वर्षीया छोरी निस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । निरुता र निस्मिता […]
नेपाल वायुसेवा निगमले जापानको नारितामा चार्टर्ड उडानको अनुमति पाएको छ । यसअघि निगमले जापानको ओशाकामा मात्र सेड्यूल फ्लाइटको अनुमति पाएको थियो । सोहीअनुसार निगमले आगामी भदौ दोस्रो सातादेखि ओशाकामा नियमित उडान थाल्दैछ । ओशाका जापानमा कम नेपाली बस्ने क्षेत्र हो । नारितामा भने निगमले धेरै यात्रु पाउने अपेक्षा छ । किनकी नारिता विमानस्थल जापानको राजधानी […]
समाजवादी पार्टीका शुद्धोधन गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि बिहीबार दिउँसो अज्ञात समूहले गोली प्रहार गरेको हो । शुद्धोधन गाउँपालिका-५ हथिहवा निवासी यादवको कुममा गोली लागेको छ । मोटरसाइकलमा आएका दुईजनाले यादवमाथि गोली प्रहार गरेको र उनीहरुको पहिचान भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।