500 views 0 secs 0 comments

बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु…

In समाज
१७ श्रावण २०७६, शुक्रबार १२:३६

बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको छ ।घाइते अवस्थामा उद्दार गरिएका सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साहको उपचारका क्रममा मृत्यु भएको हो ।महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी श्यामलाल ज्ञवालीले उनीहरूको मृत्यु भएको पुष्टि गरे ।काठमाडौं प्रहरीका एसपी अशोक सिंहले ठूलो पाइपभित्र पसेर काम गर्ने क्रममा दुर्घटना भएको बताए । ‘भित्र पसेको धेरै वेरसम्म नफर्किएपछि उद्दार गरेर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो ।