683 views 0 secs 0 comments

गुल्मीको सत्यवती गाउँपालिकाको बिभिन्न स्थानमा गएको पहिरोको भूगर्भबिद्को टोलीले अध्ययन सुरु…

In समाज
१७ श्रावण २०७६, शुक्रबार १३:४९

गुल्मीको सत्यवती गाउँपालिकाको बिभिन्न स्थानमा गएको पहिरोको भूगर्भबिद्को टोलीले अध्ययन सुरु गरेको छ ।
यही ७ गते सत्यवती गाउँपालिका-३ र ४ को ठूलोलुम्पेक र लिम्घामा ठूलो जनधनको क्षती भएपछि खानी तथा भूगर्भ विभागको टोली शुक्रवार प्रभावित क्षेत्रमा पुगेको हो ।
बिभागबाट राजेन्द्र आचार्य र सुलभ कठायतको टोली पहिरो गएको क्षेत्रमा पुगेको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । टोलीले पहिरो जानुको कारण र अबको अबस्थाको बारेमा अध्ययन गर्ने बिभागका राजेन्द्र आचार्यले बताए ।