श्रीमान्ले प्रहार गरेको खुकुरीबाट खोटाङमा श्रीमतीको घटनास्थलमै ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सीताराम राईले ३० वर्षीया श्रीमती देविका राईलाई गए राति टाउकोमा खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको हो । श्रीमतीको हत्या गरेलगत्तै स्थानीयवासीले दिएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट गएको प्रहरी टोलीले सीतारामलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय […]
सुदूरपश्चिम प्रदेशका चार जिल्लामा १२ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी दार्चुलामा पाँच जना डेङ्गु रोगका बिरामी भेटिएका छन् भने कैलालीमा चार, अछाममा एक, कञ्चनपुरमा एक र डोटीमा एक जनामा यो रोगको सङ्क्रमण देखिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । डेङ्गु रोगबाट डोटीमा एक जनाको मृत्यु भइसकेको छ । […]
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्तामा यमलाल भुसाल नियुक्त भएका छन् । वरीष्ठ सहसचिव भुसाललाई मन्त्रिपरिषद् कार्यालयले प्रवक्तामा नियुक्त गरेको हो । शाखा अधिकृत देखी सहसचिवसम्म खुल्ला प्रतिष्पर्धावाटै सफलता हासील गरेका भुसाल यस अघी पुननिर्माण प्राधीकरणको प्रवक्ता रहेका थिए । गुल्मीको बांझकटेरी ३ सीरामा जन्मीएका भुसाल अध्ययनशील र मृदुभाषी प्रशासक मानिन्छन् । * यमलाल […]
भ्रष्टाचार मुद्दामा दोषी ठहर पूर्वसभासद डोलबहादुर (डीबी) कार्कीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पहिलो संविधानसभाका सभासद कार्कीलाई प्रहरीले सुकेधारा क्षेत्रबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालतमा पेससमेत गरिएको नेपाल प्रहरीका सहायक प्रवक्ता उमेशराज जोशीले जानकारी दिए । सभासद हुँदा प्रहरी निरीक्षक (इन्सपेक्टर) बनाइदिन्छु भन्दै बिभिन्न व्यक्तिहरुबाट पैसा असुलीरहेको बेला भिमसेनगोलास्थित घरबाटै रंगेहात पक्राउ […]
कृषकले उत्पादन गरेको स्याउ यस वर्ष बारीबाटै ढुवानी गरिने भएको छ। कृषि ज्ञान केन्द्रको चालु आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्यक्रमअनुसार स्याउको बजार प्रवद्र्धन गर्ने उद्देश्यले स्याउ बारीबाटै ढुवानी गरिने भएको हो। बारीबाटै स्याउ ढुवानी गर्न कृषि ज्ञान केन्द्रले भदौ १७ गते सूचना जारी गरेको छ । सहकारी, कृषि फार्म, कृषक समूह, उद्यमी कृषकलगायतलाई स्याउ […]
दाङमा सर्पदंश वाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १ सिमलतरा निवासी ७ बर्षीय गोमा वलीको सर्पदंश बाट मृत्यु भएको छ । वलीलाई बुधवार बेलुका ९ बजेतिर आफ्नै घरमा गराँच सर्पले टोकेको थियो । बालिकाको उपचारको लागि मध्यराति पौने १ बजे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको थियो ।
मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको मनकामनास्थित केबलकार आगामी भदौ २२ देखि ५ दिन बन्द हुने भएको छ । केवलकारको मर्मत–सम्भारका लागि भन्दै प्रालिले ५ दिन सेवा बन्द गर्न लागेको हो । प्रालिले बिहीबार एक सूचना जारी गरी मुलह्विल लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि भदौ २२ देखि २७ गतेसम्म ५ […]
कार्यालय सार्ने विवादलाई लिएर धनुषाको हंसपुर नगरपालिकामा भएको झडपको क्रममा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ। झडपमा गम्भीर घाइते भएका बघचौडाका ५५ वर्षीय तपेश्वर मण्डलको उपचारका क्रममा मृत्यु भएको हो। गत साउन २१ गते नगरपालिकाका मेयर रामज्ञान मण्डलले प्रहरीसहित साबिकको कार्यालय बघचौडामा रहेको सामाग्रीहरु जबरजस्ती लैजान खोजेपछि उपमेयर रेणु झासहित त्यहाँका स्थानीयले रोकेपछि प्रहरीले […]
गुल्मी दिनभर बारीमा मकै भाँच्ने काम गरेका गुल्मीका ११ वर्षीय एक बालक बुधवार साँझ घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका– ८ तुराङ्ग पिपलपाटाका ११ वर्षीय विपिन रजाली घरकै तलामा झुण्डिएको र पछि सास छँदै परिवारजनले थाह पाई चुङ्गीको पासो फुकाई उपचारका लागि लैजान खोजको बेला उनको मृत्यु भएको वडाका वडाध्यक्ष […]
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग निकट रहेको आरोपमा पक्राउ परेका पत्रकार ओम हमाललाई महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक हितविरूद्धको कार्य गरेको भन्दै अनुसन्धान थालेको छ। मंगलबार बन्दी प्रत्यक्षीकरणको रिटले सर्वोच्च अदालतबाट छुटेका हमाललाई प्रहरीले अदालत परिसरबाटै पुन: पक्राउ गरेको छ। उनलाई अभद्र व्यवहारमा अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसरले जनाएको […]