959 views 0 secs 0 comments

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्तामा यमलाल भुसाल नियुक्त…

In देश
१९ भाद्र २०७६, बिहीबार १६:०९

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्तामा यमलाल भुसाल नियुक्त भएका छन् ।

वरीष्ठ सहसचिव भुसाललाई मन्त्रिपरिषद् कार्यालयले प्रवक्तामा नियुक्त गरेको हो ।

शाखा अधिकृत देखी सहसचिवसम्म खुल्ला प्रतिष्पर्धावाटै सफलता हासील गरेका भुसाल यस अघी पुननिर्माण प्राधीकरणको प्रवक्ता रहेका थिए ।

गुल्मीको बांझकटेरी ३ सीरामा जन्मीएका भुसाल अध्ययनशील र मृदुभाषी प्रशासक मानिन्छन् ।
* यमलाल भुसाल गुल्मीको एउटा ईज्जत र शान पनि हुनुहुन्छ भन्दै कमल भुसाल चञ्चलले सन्देश नेपाललाई जानकारी दीएका छन् ।