सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित रहेको शिव मन्दिर अगाडिको पोखरीमा डुबेर बेपत्ता भएकी बालिका शनिबार साँझ मृतावस्थामा फेला परेकी छिन । मृत्यु हुनेमा कञ्चनरुप–४ निवासी दिलीप परियारकी ११ वर्षीया छोरी डल्ली भनिने यासिका रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।पोखरीमा नुहाउन जाँदा पोखरीभित्रै ती बालिका बेपत्ता भएकी थिइन । प्रहरी […]
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले विभिन्न क्षेत्रमा सञ्चालन गरेको ‘कर्डन एण्ड सर्च’ अपरेसनका क्रममा शंकास्पद र गैरकानुनी गतिविधिमा संलग्न ३२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेको नाम भने खुलाइएको छैन । स्क्रिनिङ गर्ने प्रक्रिया भइरहेकाले परिचय नखुलाइएको प्रहरीले जनाएको छ । अपरेसनका क्रममा टोखा-१०, भण्डारी टोलमा रहेको जीतबहादुर केसीको घरबाट जुवा खरिरहेका ९ जनाको समूह […]
सिरहाको गोलबजार नगरपालिका–१० मा स्थानीयवासीले व्यावसायिक रुपमा गरेको गाँजाखेती प्रहरी टोलीले नष्ट पारेको छ। व्यावसायिक रुपमा गाँजा खेती हुने गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले स्थानीयवासीले करीब १० कठ्ठा क्षेत्रफलमा लगाएको गाँजा खेती नष्ट गरेको हो। अवैध रुपमा लगाइएको करीब आठ हजार ५०० गाँजाको बोट फँडानी […]
प्रहरीको टोलीले भारतीय सिमासँग जोडिएको सिरहाको बरियारपट्टी बजारबाट करीब अढाइ किलो चाँदीसहित एक जना पक्राउ गरेको छ। भारतीय बजारबाट नेपालतर्फ आइरहेका मोरङको रङ्गेली नगरपालिका–६ निवासी २५ वर्षीय उमेश विश्वकर्मालाई चाँदीको गरगहनासहित प्रहरीले पक्राउ गरेको हो। विश्वकर्माको साथबाट चाँदीको पाउजु ११० थान, औँठी ७२ थान, सिक्री ३० थान र बाला १२ थान बरामद भएको जिल्ला प्रहरी […]
इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरले लामो समयदेखि ज्यानसम्बन्धी मुद्दामा फरार रहँदै आएको तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । यसरी पक्राउ परेकामा उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिका–१ का वर्ष ६८ को सोभितमान श्रेष्ठ, सोही स्थानका वर्ष ५२ को प्रकाश माझी र वर्ष ६१ को दलबहादुर कार्की रहेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरले […]
धादिङको धुनिबेसी नगरपालिकाको चालिसे भन्ने स्थानमा शंकास्पद बस्तु फेला परेको छ । सडक कर उठाउने ढाट छेउँमा जेब्रा झोलाभित्र शंकास्पद वस्तु फेला परेको हो । झोलाभित्र प्रेसर कुकर देखिन्छ । त्यो विष्फोटक पदार्थ हुनसक्ने आशंका सुरक्षाकर्मीको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली […]
पोखरा पल्टनलाई ७ विकेटले हराउँदै चितवन राइनोज महिला च्याम्पियन्स लिग (डब्ल्यूसीएल) क्रिकेटको प्लेअफमा पुगेको छ । हारपछि पोखराको भने प्लेअफमा पुग्ने सम्भावना लगभग सकिएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पोखराले दिएको १२८ रनको लक्ष्य चितवनले काजोल श्रेष्ठको अर्धशतकको मदतमा १८.१ ओभरमा तीन विकेट गुमाएर भेछट्टायो । पहिलो विकेटका लागि काजोल श्रेष्ठ र कञ्चन श्रेष्ठले […]
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जमा तेस्रो पटक कलेजोको सफल प्रत्यारोपण भएको छ । शुक्रबार बेलुकी रुपन्देही घर भएका ५० वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको हो । २७ वर्षीय छोराले उनलाई कलेजो दान दिएका थिए । नेपालमा कलेजो प्रत्यारोपण सेवाको अनुमति चार वटा अस्पतालले पाएका छन् । भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्र, त्रिवि शिक्षण अस्पताल, […]
फौजी किराको प्रकोपले मुलुकभर साढे २० हजार हेक्टर धानबालीमा क्षति पुगेको सरकारी अध्ययनले देखाएको छ । प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रको तथ्यांकअनुसार कात्तिक १ गतेसम्म २० हजार ४ सय १४ हेक्टर धानबालीमा फौजी किराले क्षति पुर्याएको हो । सबैभन्दा बढी बर्दियामा २ हजार हेक्टरमा क्षति भएको जनाएको छ भने बाँकेमा १७ हजार हेक्टर धानबाली नष्ट भएको […]