480 views 0 secs 0 comments

सिरहाको गोलबजारमा व्यावसायिक रुपमा गरेको गाँजाखेती प्रहरी टोलीले नष्ट…

In समाज
३ कार्तिक २०७६, आईतवार ११:४७

सिरहाको गोलबजार नगरपालिका–१० मा स्थानीयवासीले व्यावसायिक रुपमा गरेको गाँजाखेती प्रहरी टोलीले नष्ट पारेको छ।
व्यावसायिक रुपमा गाँजा खेती हुने गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले स्थानीयवासीले करीब १० कठ्ठा क्षेत्रफलमा लगाएको गाँजा खेती नष्ट गरेको हो।
अवैध रुपमा लगाइएको करीब आठ हजार ५०० गाँजाको बोट फँडानी गरी नष्ट गरिएको प्रहरी उपरीक्षक चतुर्वेदीले जानकारी दिए ।
गाँजा खेती, उत्पादन, खरिद बिक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐनअनुसार कारबाही गरिने समेत प्रहरी उपरीक्षक चतुर्वेदीले बताए ।