526 views 0 secs 0 comments

धादिङको चालिसेमा झोलाभित्र शंकास्पद बस्तु फेला…

In देश, समाज
३ कार्तिक २०७६, आईतवार ११:०४

धादिङको धुनिबेसी नगरपालिकाको चालिसे भन्ने स्थानमा शंकास्पद बस्तु फेला परेको छ । सडक कर उठाउने ढाट छेउँमा जेब्रा झोलाभित्र शंकास्पद वस्तु फेला परेको हो ।
झोलाभित्र प्रेसर कुकर देखिन्छ । त्यो विष्फोटक पदार्थ हुनसक्ने आशंका सुरक्षाकर्मीको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।