456 views 0 secs 0 comments

लामो समयदेखि अपराधमा फरार रहँदै आएको तीनजना प्रतिवादीलाई पक्राउ…

In समाज
३ कार्तिक २०७६, आईतवार ११:२०

इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरले लामो समयदेखि ज्यानसम्बन्धी मुद्दामा फरार रहँदै आएको तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । यसरी पक्राउ परेकामा उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिका–१ का वर्ष ६८ को सोभितमान श्रेष्ठ, सोही स्थानका वर्ष ५२ को प्रकाश माझी र वर्ष ६१ को दलबहादुर कार्की रहेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरले बताउनुभयो ।
फरार प्रतिवादीलाई जिल्लाको पूर्वी भागका विभिन्न स्थानमा लुकिछिपी बस्दै आइरहेको अवस्थामा शनिबार पक्राउ गरिएको प्रहरी प्रमुख बुढामगरले बताउनुभयो । २०४५ सालमा जङ्गलमा मकैबाली जोगाउन र बाँदरलाई धपाउनको लागि बन्दुक हान्दा सोही स्थानका कमल राईको मृत्यु भएको मुद्दामा अभियुक्त फरार रहँदै आएको प्रहरीले बताएको छ ।