826 views 0 secs 0 comments

जोे पारिश्रमिकका कारण चर्चामा आए

In देश, मनोरञ्जन, समाज
१२ मंसिर २०७४, मंगलवार १३:२०

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक आर्यन सिग्देलसँग सिनेमा ‘कायरा’ मार्फत सँगै देखिन थालेकी छिन् । आफैले निर्माण गर्न लागेको ‘कायरा’मा आर्यनले साम्राज्ञीलाई लिएका हुन् । लक्ष्मण रिजालले निर्देशन गर्ने यस सिनेमाको छायाकंन फिलिपिन्समा गरिने भएको छ ।  यो सिनेमाको  चाखलाग्दो कुरा के छ भने साम्राज्ञीले यसमा काम गरेबापत  मोटो रकम लिएकी छिन् ।

उनले यस सिनेमाको पारिश्रमिक १० लाख लिएको स्रोतले बताएको छ । पहिले ८ लाखमा  अनुबन्धित भएकी साम्राज्ञीले पछि सिनेमाको लागि ड्रेस तयार पार्न खर्च लाग्ने भन्दै २ लाख बढाएको बताईन्छ ।यो सँगै साम्राज्ञी नेपाली सिनेमा उद्योगकी महंगी अभिनेत्री बनेकी छिन् । आज हामी नेपाली सिनेमा केही सेलिब्रेटीहरु जे पारिश्रमिकका कारण चर्चामा आए उनीहरुको बारेमा एक सामाग्री तयार पारेका छौँ ।

प्रदीप खड्का

अभिनेता प्रदीप खड्काको लागि टर्निङ पोईन्ट बन्यो सिनेमा ‘प्रेमगीत २’ । यो सिनेमामा उनले पहिलेको तुलनामा राम्रो काम गरेको भन्दै तारिफ बटुले । यसका साथै उनी केही चलेका निर्माता र निर्देशकको नजरमा पनि परे ।

gufgaf‘प्रेम गीत २’ को सफलता लगत्तै उनलाई निर्माता तथा निर्देशक मिलन चाम्सले ‘लिलीबीली’मा अनुबन्धित गरे । उनी यो सिनेमामा अनुबन्धित भए लगत्तै चर्चामा आए । कारण थियो उनको पारिश्रमिक । प्रदीपले यस सिनेमामा २२ लाख पारिश्रमिक लिएका छन् । यस हिसाबले उनी तत्कालका लागि नेपाली अभिनेताहरुमा सबैभन्दा महंगो अभिनेता बनेका छन् ।

अनमोल केसी

गत वर्ष पारिश्रमिककै कारण चर्चामा आए अनमोल केसी । उनले सुवास गिरीको सिनेमा ‘कृ’मा २० लाख पारिश्रमिक लिएपछि नेपाली सिनेमाको बजारमा तहल्कै मच्चियो । धेरै सिनेमा सफल भएर अनमोललाई मात लागेको भन्दै कुरा पनि काटे । gufgafतर अनमोल भने सिनेमामा २० लाख पारिश्रमिक लिँदै सबैभन्दा महंगो अभिनेता बने । तर अहिले आएर भने उनको यो रेकर्ड प्रदीपले तोडिदिएका छन् ।  अनमोल अभिनित ‘कृ’ माघ २६ देखि प्रदर्शनमा आउने तयारीमा छ ।

विपिन कार्की

केही समय अघि देखि विपिन कार्की पनि पारिश्रमिकका कारण चर्चामा छन् । ‘भद्रगोल’को टिमले निर्माण गर्न लागेको सिनेमा ‘फनफनी’का लागि उनले लिएको १८ लाख पारिश्रमिकले उनलाई चर्चामा ल्याएको हो । निर्देशक निश्चल बस्नेतले निर्देशन गर्न लागेको यस सिनेमामा विपिनले १८ लाख पारिश्रमिक लिएको विपिन स्वयमले बताएका छन् । gufgafतर निर्माण पक्षले भने केही दिनमै यसको आधिकारिक घोषणा गर्ने भएको छ ।

नम्रता श्रेष्ठ

साम्राज्ञी भन्दा अगाडि महंगो पारिश्रमिकका कारण चर्चामा आउने अभिनेत्री हुन् नम्रता श्रेष्ठ । उनी नै साम्राज्ञी भन्दा अगाडि नेपाली सिनेमा उद्योगमा महंगी अभिनेत्रीको रुपमा थिईन् । एउटा सिनेमामा काम गरेबात उनले सात लाखसम्म पारिश्रमिक लिने गरेकी थिईन् । तर उनको यो रेकर्डलाई साम्राज्ञीले तोडेकी छिन् । नम्रताको पारिश्रमिक लिने तरिका भने अलि बेग्लै छ ।gufgaf उनले पारिश्रमिक स्वरुप शुरुमा अनुबन्धित हुने समयमा केही रकम नगद लिन्छिन् र सिनेमा प्रदर्शन भईसकेपछि व्यापारको केही प्रतिशत लिने गर्छिन् । सिनेमाको व्यापारबाट कति प्रतिशत लिने हो त्यस बारेमा उनी  पहिले नै निर्मातालाई जानकारी गराउने गर्छिन् ।

वर्षा राउत

‘नाई नभन्नु ल ४’ र ‘छक्का पञ्जा’मा काम गरेपछि अभिनेत्री वर्षा राउतलाई सिनेमाको प्रस्ताव आउने क्रम बढ्यो । ‘छक्का पञ्जा’मा उनको अभिनय देखेपछि त केही निर्माता तथा निर्देशकले त उनलाई जति पनि पारिश्रमिक दिन तयार भए । रोज राणाको सिनेमा ‘मेरो पैसा खोई ?’ मा उनले लिएको पारिश्रमिकले उनी एकताका चर्चामा आएकी थिईन् । वर्षा राउतवर्षाले यसमा काम गरेवापत तीन लाख भन्दा बढी पारिश्रमिक लिएकी थिईन्  । शुरुवातमा त सिनेमाको नाम मन नपरेका कारण वर्षाले मोटो रकमको माग गरेकी थिईन् । मोटो रकमको माग गर्नु वर्षाको सिनेमाबाट पन्छिने तरिका थियो । तर बलिवुड निर्देशक विवेक शर्माले सिनेमामा वर्षा नै चाहिने भनेपछि निर्माता रोज राणाले उनले मागेजति पारिश्रमिक दिएका थिए ।

रामबाबु गुरुङ

कबड्डी सिरीज निर्देशक रामबाबु गुरुङ पारिश्रमिकका कारण चर्चामा आउने निर्देशकमा पर्छन् । उनले आगामी सिनेमा मिस्टर झोलेलाई २५ लाख पारिश्रमिकमा निर्देशन गरेका हुन् ।

gufgafकबड्डी जस्तो सफल सिनेमा निर्देशन गरेर चर्चामा आएपछि उनले पारिश्रमिक बढाएको बुझिएको छ । उनले कबड्डी र कबड्डी कबड्डी निर्देशनमा पनि २० लाख पारिश्रमिक लिएका थिए । उनी आफ्नै सिनेमामा पनि पारिश्रमिक र शेयर गरेर २० देखि २५ लाखसम्म छुट्याउने गर्छन् ।

निश्चल बस्नेत

यतिबेला निश्चल बस्नेत पनि पारिश्रमिकका कारण चर्चामा आएका छन् । उनले आगामी सिनेमा ‘फनफनी’का लागि २५ लाख पारिश्रमिक लिएको चर्चा छ । तर निर्माण पक्षले यसको आधिकारिक घोषणा भने गरेको छैन ।gufgaf निश्चलले यस अघि नै बाहिरको ब्यानरबाट सिनेमा निर्देशनको प्रस्ताव आउँदा २० लाख पारिश्रमिक लिने बताउँदै आएका थिए ।

दीपेन्द्र के खनाल

यतिबेला सिनेमा ‘चङगाचेट’को छायाकंनमा जुटेका निर्देशक दीपेन्द्र के खनाल पनि पारिश्रमिकका कारण चर्चामा आउने निर्देशक हुन् । उनी एउटा सिनेमा निर्देशन गरेको २० लाख भन्दा कम लिँदैनन् ।

दीपेन्द्र के खनालचपली हाईट सीरिज, पशुपति प्रसाद,  लभ लभ लभ, धनपति लगायतका सिनेमा निर्देशन गरिसकेका दीपेन्द्र एउटा सिनेमा निर्देशन गर्न थाले भने अर्को सिनेमा र अरु काममा ध्यान दिदैनन ।