465 views 0 secs 0 comments

विप्लव नेतृत्वको भीम बहादुरलाई कुकर बम राखेको आरोपमा पक्राउ…

In समाज
३ आश्विन २०७६, शुक्रबार १३:३४

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका महोत्तरी जिल्ला सेक्रेटरी भीम बहादुर आलेलाई महोत्तरी प्रहरीले बिहीवार राति पक्राउ गरेको छ ।
उनलाई गौशाला नगरपालिका वडा नं. ८ मा रहेको आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो । आलेलाई विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइने मोत्तरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताए । अहिले उनलाई ईलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको बताईएको छ ।