Home > Articles posted by NewsDesk (Page 156)
FEATURE
on ५ कार्तिक २०७६, मंगलवार १४:२८
536 views 0 secs

बैतडीको दशरथचन्द नगरपालिका वडानम्बर ९, ग्वाल्लेकका बासिन्दालाई डोजरले आक्रमण गर्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ । चालक किशोर बोहरालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । अंशबण्डाको विवाद मिलेपछि मात्रै सडक खन्न माग गर्दै आएका स्थानीयलाई डोजर चालकले डोजरको बकेटमार्फत आक्रमण गरेको भिडियो सार्वजनिक भएको थियो । केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले सो भिडियो हेरेपछि आफूहरुको […]

FEATURE
on ५ कार्तिक २०७६, मंगलवार ११:०९
507 views 0 secs

जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष ३४ करोड १८ लाख ८० हजार रुपैयाँ बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए । आर्थिक वर्ष २०७४/७५ मा रु १६ करोड र आव २०७५/७६ मा रु १७ […]

FEATURE
on ५ कार्तिक २०७६, मंगलवार १०:५३
470 views 1 sec

नेत्रविक्रम चन्द -विप्लव समूहका नेता गुणराज लोहनी पक्राउ परेका छन् । उनी चितवनको भरतपुर महानगरपालिका-११ बसेनीबाट पक्राउ गरेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले सोमबार बिहान घरबाटै पक्राउ गरेको हो । लोहनीले चितवन प्रहरीलाई पनि पार्टीले आफूलाई दुई महिना अगाडि नै कारबाही गरिसकेको र हाल स्वतन्त्र नागरिकको रुपमा बसीरहेको प्रारम्भिक बयान दिएका छन् […]

FEATURE
on ५ कार्तिक २०७६, मंगलवार ०९:०४
1059 views 0 secs

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षाभत्ता र स्थानीय पूर्वाधार विकास निर्माणको रकम दुरुपयोग गरेको अभियोगमा रौतहटका एक सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार साविक हथियाही गाविसका कार्यालय सहायक एवं हाल कटहरिया नगरपालिका ८ का वडा सचिव कदिरबाबु देवानले सामाजिक सुरक्षाभत्ता तथा विकास निर्माणका लागि प्राप्त भएको रु १२ लाख ५६ हजार […]

FEATURE
on ४ कार्तिक २०७६, सोमबार १७:४६
610 views 2 secs

सप्तरी प्रहरीले अदालतबाट निर्णय भएर सजाय भुक्तान नगरी फरार सूचीमा रहेका विभिन्न आपराधिक घटनामा संलग्न १८ अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न आपराधिक घटनामा संलग्न भई अनुसन्धानको क्रममा फरार १४ अभियुक्त र अदालतबाट दोषी ठहर भई फरार चरा गरी १८ अभियुक्तलाई तीन महीनायता खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए । प्रहरीले […]

FEATURE
on ४ कार्तिक २०७६, सोमबार १६:४२
673 views 1 sec

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा विराटनगरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१५ बस्ने ४९ वर्षीय बिनोद प्रसाद साह रहेका छन् । विराटनगर महानगरपालिका-७ स्थितमा अबैध हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा आइतबार साँझ साहलाई नगद ७ लाख १८ हजार ८ सय ६० रुपैयाँसहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । […]

FEATURE
on ४ कार्तिक २०७६, सोमबार १६:२७
475 views 0 secs

नेपाली बजारमा आज सुनको मूल्यमा स्थिरता छाएको छ । आइतबार छापावाल सुनको प्रतितोला मुल्य ७० हजार ४०० रहेको थियो । सोमबार पनि त्यहि मुल्य अर्थात ७० हजार ४ सय नै रहेको छ । साथै तेजावी सुन पनि प्रतितोला ७० हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ यस्तै आज प्रतितोला चाँदीको मुल्य […]

FEATURE
on ४ कार्तिक २०७६, सोमबार १४:५६
566 views 0 secs

इलाका प्रहरी कार्यालय मालाखेतीले कैलालीबाट २८ जुवाडेलाई प्रकाउ गरेको छ । गोदावरी नगरपालिका-७ लालपुरस्थित वीबहादुर वलीले सञ्चालन गरेको वली होटलबाट उनिहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीलेले पक्राउ गरेको हो । जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले आइतबार राति २८ जना जुवाडेलाई एक लाख ५६ हजार ३८२ रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता प्रहरी […]

FEATURE
on ४ कार्तिक २०७६, सोमबार १४:०३
639 views 0 secs

भारतस्थित जम्मु कास्मिरमा भएको आक्रमणमा एक नेपाली र अर्का नेपाली मूलका एक भारतीय सेनाको मृत्यु भएको छ। आइतबार कुपवारा जिल्लामा भएको गोलाबारीमा गोर्खा रेजिमेन्टका जवान पद्म बहादुर श्रेष्ठ र राईफल म्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको हो। नेपालका राइफल म्यान गामिल कुमार श्रेष्ठ पाल्पा निवासी रहेको भारतीय सञ्चार माध्ययम न्युजलाईभ टिभीले जनाएको छ। त्यस्तै नेपाली […]

FEATURE
on ४ कार्तिक २०७६, सोमबार १३:५३
509 views 0 secs

नेपाली युवा स्पिनर सन्दीप लामिछानेले ‘द हन्ड्रेड क्रिकेट’ प्रतियोगिता खेल्ने भएका छन् । आइतबार राति भएको ड्राफ्टमा सन्दीपलाई ओभल इन्भिन्सिबल्सले टिमले एक लाख पाउण्ड (एक करोड ४६ लाख नेपाली रुपैयाँ) मा खरिद गरेको छ । टिमले पहिलो राउण्डमा वेस्ट इण्डिजका सुनील नराइनले लिएको थियो भने दोस्रो राउण्डमा इंग्ल्याण्डका साम बिलिङ्स र नेपालका सन्दीपलाई छानेको थियो […]