458 views 1 sec 0 comments

नेत्रविक्रम चन्द समूहका नेता गुणराज लोहनी पक्राउ…

In समाज
५ कार्तिक २०७६, मंगलवार १०:५३

नेत्रविक्रम चन्द -विप्लव समूहका नेता गुणराज लोहनी पक्राउ परेका छन् । उनी चितवनको भरतपुर महानगरपालिका-११ बसेनीबाट पक्राउ गरेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले सोमबार बिहान घरबाटै पक्राउ गरेको हो ।
लोहनीले चितवन प्रहरीलाई पनि पार्टीले आफूलाई दुई महिना अगाडि नै कारबाही गरिसकेको र हाल स्वतन्त्र नागरिकको रुपमा बसीरहेको प्रारम्भिक बयान दिएका छन् । उनीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।