565 views 0 secs 0 comments

ट्रक र बस ठोक्किदा २१ घाइते : दुई गम्भीर

In देश, समाज
९ मंसिर २०७४, शनिबार १०:४५

 

बुटवल : पूर्व–पश्चिम राजमार्ग अन्र्तरगत रुपन्देहीको सैनामैना नगरपालिका–६, दुधराक्षमा ट्रक र यात्रु बस ठोक्किदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको पश्चिम क्षेत्रीय ट्राफ्रिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको ना ६ ख ९७७१ नम्बरको ट्रक र नेपालगञ्जबाट बुटवल आउँदै गरेको ना ४ ख ७६७ नम्बरको बस सैनामैनामा दुर्घटनामा परेका हुन् । घाइते १९ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर दुई जनालाई थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा रिफर गरिएको छ ।