मलंगवा : पशुपंक्षी विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठको घरमा शनिवार बिहान बम विष्फोट भएको छ । ५ बजेर १० मिनेटको समयमा मन्त्री श्रेष्ठको लालबन्दी नगरपालिका-१७ स्थित रानीगञ्जमा रहेको घरमा बम बिष्फोट भएको हो ।
विष्फोटमा मानवीय क्षति नभएको र घरको ५ फिटजति पर्खाल भत्किएको मन्त्री श्रेष्ठका पे्रस संयोजक कृष्ण प्रसाद थपलियाले बताएका छन् । मन्त्री घरमै रहेको समय बम बिस्फोट भएको हो । घर पछाडी पट्टी सामान राख्ने गोदाममा नजिक बम विष्फोट गराइएको प्रहरीले जनाएको छ ।
घटना स्थलमा सिलभरका टुक्राहरु भेटिएकोले प्रेसर कुकर बम भएको हुन सक्ने अनुमान गरिएको छ । मन्त्री श्रेष्ठ काँग्रेसबाट क्षेत्र नं. १ का प्रतिनिधि सभाका उम्मेदवार हुन् ।