547 views 0 secs 0 comments

बालिका बलात्कारको आरोपमा बालक पक्राउ

In देश, समाज
९ मंसिर २०७४, शनिबार १०:४७

गाईघाट : बालिका बलात्कारको आरोपमा उदयपुरको त्रियुगा नगरपालिकाका एक बालकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।तीन बर्षीया बालिका बलात्कार गरेको आरोपमा स्थानीय १३ बर्षीय एक बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घरका सबै सदस्य सँगै भएको बेला बालिकालाई अम्बा देखाई फकाएर कोठामा लगि बलात्कार गरेको आरोप बालकले स्वीकार गरेको प्रहरीको भनाई छ।

निम्न आयस्तर भएको बालिकाको परिवारलाई मिल्नका लागि दवाव दिई नीजि अस्पतालमा बालिकाको उपचार गर्नका लागि लगिएको थियो । यस्ता घटनामा नीजि अस्पतालले उपचार नगर्ने बताएपछि जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि लगिए पछि घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देविप्रसाद फागोले बताए ।

बालिकाको शुक्रबार जिल्ला अस्पताल बोक्सेमा स्वास्थ्य परीक्षण गरिएको छ । पक्राउ परेका बालकलाई शुक्रबार नै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरिक्षक फागोले बताए ।