1017 views 0 secs 0 comments

एक सचिवविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा…

In देश, समाज
५ कार्तिक २०७६, मंगलवार ०९:०४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षाभत्ता र स्थानीय पूर्वाधार विकास निर्माणको रकम दुरुपयोग गरेको अभियोगमा रौतहटका एक सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार साविक हथियाही गाविसका कार्यालय सहायक एवं हाल कटहरिया नगरपालिका ८ का वडा सचिव कदिरबाबु देवानले सामाजिक सुरक्षाभत्ता तथा विकास निर्माणका लागि प्राप्त भएको रु १२ लाख ५६ हजार २७५ बराबरको सम्पत्ति दुरुपयोग गरेको पाइएको छ ।
आयोगले बिगो असुल गरी कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।