507 views 0 secs 0 comments

डोजरले आक्रमण गर्ने चालकलाई प्रहरीले पक्राउ…

In समाज
५ कार्तिक २०७६, मंगलवार १४:२८

बैतडीको दशरथचन्द नगरपालिका वडानम्बर ९, ग्वाल्लेकका बासिन्दालाई डोजरले आक्रमण गर्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ । चालक किशोर बोहरालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
अंशबण्डाको विवाद मिलेपछि मात्रै सडक खन्न माग गर्दै आएका स्थानीयलाई डोजर चालकले डोजरको बकेटमार्फत आक्रमण गरेको भिडियो सार्वजनिक भएको थियो । केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले सो भिडियो हेरेपछि आफूहरुको ध्यानाकर्षण भएको र डोजर चालकलाई पक्राउ गरिएको जानकारी दिए । डोजर आक्रमणबाट घाइते भएका आठ जनामध्ये स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते रहेको स्थानीय हेमराज जोशीले बताए । उनका अनुसार डोजरको आक्रमणबाट गौरा अचेत छिन् ।