Home > Articles posted by NewsDesk (Page 149)
FEATURE
on १८ कार्तिक २०७६, सोमबार ०९:२६
683 views 0 secs

पहिलो टी–२० क्रिकेट खेलमा घरेलु टोली भारतलाई बंगलादेशले पराजित गरेको छ । दिल्लीमा आइतबार राति भएको खेलमा भारतलाई बंगलादेशले सात विकेटले पराजित गरेको हो । उसकै भूमिमा भारतलाई बंगलादेशले टी–२० क्रिकेटमा पराजित गरेको यो पहिलोपटक हो । १४९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । बंगलादेशका लागि […]

FEATURE
on १७ कार्तिक २०७६, आईतवार १७:१८
753 views 0 secs

सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका-९ सुकुटेस्थित अरनिको राजमार्गमा अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल सुनकोशी नदीमा खस्दा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा ८ […]

FEATURE
on १७ कार्तिक २०७६, आईतवार १५:२०
485 views 1 sec

ज्यान मार्ने धम्की दिएर युवतीलाई जंगलमा लगी बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङ रुपाकोट मझुवागढी-५ घर भई हाल इटहरी-८ गैसार बस्ने २१ वर्षीय विजय राई छन्। राईले इटहरीकी एक युवतीलाई कात्तिक १० गते बिहान तरहरा जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ। भनेको नमाने ज्यान नै […]

FEATURE
on १७ कार्तिक २०७६, आईतवार १४:४५
652 views 0 secs

आपसी विवादको क्रममा खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा सर्लाही प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कबिलासी नगरपालिका-८ बस्ने २७ वर्षीय जयकुमार साहलाई शनिबार साँझ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ सलेमपुर बस्ने २१ वर्षीय दिपेश यादबलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । दिपेश, सोही ठाउँ बस्ने २० वर्षीय पप्पु भन्ने राकेश […]

FEATURE
on १७ कार्तिक २०७६, आईतवार १४:१२
645 views 0 secs

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले १० कात्तिकमा पक्राउ गरेको २५ जना जुवाडेको सम्पत्तिमाथि पनि छानविन हुने भएको छ । काठमाडौं–३, पिपलमार्गस्थित विक्रम गौतमको घरमा छापा मारेर नियन्त्रणमा लिइएका क्यासिनो किङ भनेर चिनिने बलराम सापकोटासहित २५ जनामाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि छानविन गर्ने भएको हो । तिहार लक्षित विशेष सुरक्षा योजनामार्फत प्रहरीले चलाएको अपरेशनका क्रममा त्यहाँ […]

FEATURE
on १७ कार्तिक २०७६, आईतवार १३:२४
849 views 0 secs

साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार २०० मा कारोबार भएको छ ।  यस्तै तेजावी सुन तोलामा ७० हजार ९०० मा कारोबार भएको छ ।  चाँदी तोलामा रु ८७० मा कारोबार भएको छ ।  शुक्रबार पनि सुन र चाँदीको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।

FEATURE
on १७ कार्तिक २०७६, आईतवार १२:४४
545 views 0 secs

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१, अरूणखोला र दुम्किबासबीच जंगलमा शनिबार साँझ जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अर्का १ जना घाइते छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ च ९२४३ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा बर्दघाट नगरपालिका–४ का ३० वर्षीय ढाकाराम पंगेनीको निधन भएको इलाका […]

FEATURE
on १७ कार्तिक २०७६, आईतवार ११:३५
569 views 0 secs

सद्भाव, समानता र एकताको प्रतीकको रूपमा उल्लासका साथ मनाइने छठपर्वको अवसरमा आज पश्चिम नवलपरासीका तीन स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाको रामग्राम नगरपालिका, पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकाले आज स्थानीय बिदा दिने निर्णय गरेका हुन् । नेपाल सरकारले छठपर्वको दिन सार्वजनिक बिदा दिँदै आए पनि यस वर्ष छठपर्वको मुख्य दिन शनिबार परेको थियो । […]

FEATURE
on १७ कार्तिक २०७६, आईतवार ११:१२
911 views 0 secs

केही वर्ष देखि मिर्गौलासँग सम्बन्धीत समस्याबाट पिडित बन्नु भएका प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पताल पुग्नु भएको छ । उहाँ मिर्गौलाको तेस्रो डायलाइसिस गर्न धापासीमा रहेको ग्राण्डी अस्पताल पुग्नु भएको हो । रगतमा पानीको मात्रा धेरै भएपछि गएको बुधबार र बिहीबार पनि प्रधानमन्त्री ओलीको रगतलाई शुद्ध बनाउन गरिने डाइलासिस अन्तर्गत अल्ट्रा फिल्ट्रेसन गरिएको थियो । […]

FEATURE
on १७ कार्तिक २०७६, आईतवार ०९:३६
688 views 0 secs

नलगाड नगररपालिका–७ दल्लीका ४२ वर्षीय खम्ब खत्रीको रुखबाट लडेर मृत्यु भएको छ। शनिबार दल्ली प्रहरी चौकी अगाडि रुखमा घाँस काट्दै गर्दा लडेर गम्भीर घाइते भएका खत्रीको उपचारका लागि जाजरकोट सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। दल्लीस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि सदरमुकाम ल्याइएको थियो । […]