
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१, अरूणखोला र दुम्किबासबीच जंगलमा शनिबार साँझ जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अर्का १ जना घाइते छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ च ९२४३ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा बर्दघाट नगरपालिका–४ का ३० वर्षीय ढाकाराम पंगेनीको निधन भएको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ ।