Home > Articles posted by NewsDesk (Page 119)
FEATURE
on २५ मंसिर २०७६, बुधबार १५:४३
663 views 0 secs

स्कुल बसले किचेर मोरङको बेलबारी नगरपालिका– ५ मा एक वर्षीय बालकको मृत्यु भएको छ ।बिहान सवा ९ बजेको समयमा विद्यार्थी लिएर स्कुल आउँदै गरेको को १ क ३०४६ नम्बरको कसेनी बोर्डिङ स्कुलको बसले यसराजलाई किचेको हो । मृत्यु हुनेमा शिवकुमारी साहकी एक वर्षीय छोरा यसराज साह रहेका छन् ।  कसेनी बोडिङ स्कुलको एकलेजीमा पढ्ने पाँच […]

FEATURE
on २५ मंसिर २०७६, बुधबार १५:२०
647 views 0 secs

बाँकेमा अवैध नेपाली रुपैयाँसहित २ जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका २ घरबारी टोलबाट १३ लाख अवैध नेपाली रुपैयाँसहित सौरभ सोनी र विनोदकुमार सोनी पक्राउ परेका हुन् । गस्तीमा रहेको प्रहरी टोलीले शंका लागेर जाँच गर्दा उनीहरुको साथमा स्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँ भेटिएको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए ।

FEATURE
on २५ मंसिर २०७६, बुधबार १३:२०
459 views 0 secs

नेपाली बैङ्क ह्याकिङ तथा अनलाइनबाट ठगीमा संलग्न ३ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । अनलाइनका माध्यमबाट पुरस्कार वा चिठ्ठा पर्यो लगायतका विभिन्न प्रलोभन देखाई उनीहरुले ठगी गर्ने गरेको प्रहरीको भनाई छ ।त्यसैगरी उनीहरुले विभिन्न बैङ्क ह्याकिङसम्म गरेको प्रहरीले बताएको छ ।उनीहरुलाई काठमाडौँ लगायत देशका अन्य स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ […]

FEATURE
on २५ मंसिर २०७६, बुधबार १३:०५
774 views 0 secs

जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले  नगरपालिका–२ का ३८ वर्षीया वसन्ती भट्टको  आज विहान मृत्यु भएको जानकारी दिए । स्थानीय ललिता बोहरा, सुनिता विष्ट, उमा साउँद र सुशीला बम घाइते आक्रमणबाट भएको छ । उनीहरु […]

FEATURE
on २५ मंसिर २०७६, बुधबार १२:५४
434 views 0 secs

रौतहटको पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको चन्द्रपुरमा दुईवटा शव बरामद भएको छ । चन्द्रपुरस्थित बजारमा एकजना र मुनलाइट स्कुलको अगाडी एकजना गरी दुई जनाको शव बरामद भएको प्रहरीले जनाएको हो ।बजारक्षेत्रमा फेलापरेको शव कुनै सवारी साधनको ठक्करबाट मृत्यु भएको व्यक्तिको हुनसक्ने अनुमान रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । अन्दाजी ३०–३५ वर्षको देखिने शवको पहिचान […]

FEATURE
on २५ मंसिर २०७६, बुधबार १२:४६
518 views 0 secs

सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले आज सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ  ।  वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबरजस्ती करणी प्रयास  गरेको आरोपमा पक्राउ  गरिएको  प्रहरी नायब  उपरीक्षक तिलक  भारतीले बताए । स्थानीय एक महिलाले आफूलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक […]

FEATURE
on २५ मंसिर २०७६, बुधबार १२:३६
623 views 0 secs

बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार छापावाल सुन तोलामा ७० हजार ८०० मा कारोबार भएको छ भने तेजावी सुन तोलामा ७० हजार ५०० मा कारोबार भएको छ ।  यस्तै चाँदी तोलामा रु ८३० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  मंगलबार पनि सुनचाँदी यही मूल्यमा कारोबार भएको छ […]

FEATURE
on २५ मंसिर २०७६, बुधबार ०९:४८
613 views 0 secs

हेटौंडा बजारबाट मकवानपुरगढीतर्फ जाँदै गरेको बा ४ ख ६३५५ नम्बरको टिपरले ठक्कर दिँदा एकको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका–४, मक्रान्चुली नजिककै टिपरले ठक्कर दिँदा स्थानीयवासी ३४ वर्षीय दीपक पाख्रिनको घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनापछि टिपर चालक फरार छन् भने टिपर प्रहरी नियन्त्रणमा छ ।

FEATURE
on २५ मंसिर २०७६, बुधबार ०९:४४
567 views 0 secs

प्रहरीले सुर्खेतको भेरीगंगा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशंकामा आमा–छोरालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशंकामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मंगलबार साँझ पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागाईंले लोकबहादुरको शव घरदेखि ५० मिटर टाढा गोरेटो नजिक सोमबार फेला […]

FEATURE
on २५ मंसिर २०७६, बुधबार ०९:३९
599 views 0 secs

भोजपुर जिल्लाका दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा मट्टितेल छर्केर कागजपत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिए । रामप्रसादराई–२ को कार्यालय भने पूर्णरुपमा […]