म बारेकोट गाउँपालिका–१, रामीडाँडाको स्थानीय हुँ । कात्तिक १७ गते भूकम्प आउँदा म कामविशेषले बाँकेको नेपालगञ्ज गएको थिएँ । घरमा आमा, श्रीमती र चार जना छोराछोरी थिए । भूकम्पले मेरो तीनतले घरको एउटा कुनाको भाग भत्किएको छ । आमा, श्रीमती र बालबच्चाले भागेर ज्यान जोगाएछन् । भूकम्पको केन्द्रविन्दु भए पनि हाम्रो ठाउँमा कोही पनि मान्छे […]
जाजरकोटको भूकम्प प्रभावित क्षेत्र भौगोलिक रूपले आफैंमा अत्यन्त विकट छ । अहिले पनि त्यहाँका अधिकांश गाउँमा फोन सम्पर्क हुन सक्दैन । त्यस्तो अवस्थामा पनि खोज र उद्धारको सवालमा राज्यको भूमिका एकदमै प्रशंसनीय थियो । समयमै हेलिकप्टरबाट उद्धार गरियो । धेरै घाइते बाँच्न सफल भए । तर राहत वितरण र अस्थायी टहरा पुनस्र्थापनाको सवालमा फेरि देशको […]
मानिसहरूले दाँतलाई सही आकार दिन, बाहिर निस्केको दाँत भित्र ल्याउन र दाँतको सौन्दर्य बढाउन दाँतमा तार लगाउने गर्छन् । बांगोटिंगो दाँत मिलाउन बालबालिकादेखि युवायुवतीले ब्रेसेस बाँधेको निकै देखिन्छ । दाँतलाई पंक्तिमा ल्याएर सिधा गर्न, धेरै दन्त चिकित्सकहरूले प्रायः ब्रेसेसको सल्लाह दिन्छन् । दाँतमा तार लगाउनुअघि तिनीहरूका फाइदा र बेफाइदाबारे जान्न जरुरी छ । किन ब्रेसेस […]
१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्स (यूएई)का लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुने सिलसिलामा बिहीबार अवुधाबी पुगेका प्रधानमन्त्रीले सोही दिन साँझ नेपाल–दुबइ व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरेका हुन् । दुबइ […]
१४ मंसिर, काठमाडौँ। मोरङको उर्लाबारी नगरपालिका क्षेत्रमा पार्किङ गरी राखेको ९ वटा सवारी साधनलाई एउटा ट्रकले ठक्कर दिएको छ। उर्लाबारी–५ मधुमल्ला रोडमा पार्किङ गरेर राखिएका ९ वटा सवारी साधनलाई आज बिहीबार दिउँसो अढाई बजेतिर एक ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट सावरी साधनमा क्षति पुग्नुका साथै २ जना घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी […]
१४ मंसिर, काठमाडौँ। जाजरकोटको कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ। गाउँपालिका–१ स्याग्रीका सुनील बादीकी ३ वर्षीया छोरी रक्षाको चिसोले कठ्यांग्रिएर बुधबार मृत्यु भएको हो। निमोनियापछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए। गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको थियो।
१४ मंसिर, काठमाडौँ। सुत्केरी र शिशुको मृत्युपछि २ दिनदेखि लमजुङ अस्पताल तनावग्रस्त छ । मर्स्याङ्दी गाउँपालिका–९, पामचोक दलितबस्तीकी २६ वर्षीया शोभा विक र उनको शिशुको मृत्यु भएको विषयले बुधबारदेखि लमजुङ अस्पताल तनावग्रस्त बनेको हो । अस्पतालमा मृतक परिवारका आफन्त तथा परिवारले बिहीबार साँझ प्रदर्शन, नाराबाजी गर्दै तोडफोडसमेत गरेका छन् । सो क्रममा ढुंगाले लागेर अस्पतालको […]
१४ मंसिर, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरुको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनले सुनुवाइ सकेको छ । बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेको छ र शुक्रबार आदेश सुनाउने उच्च अदालतका एक अधिकारीले जानकारी दिए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नको […]
मंसिर १४ , काठमाण्डौ । बिहीबार दिउँसो १ बजे मकवानपुरगढी गाउँपालिका-२ धवाडीपुलस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा आमा-छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। सुकौराबाट कान्तिलोकपथतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भएर पुलछेउबाट अन्दाजी १० मिटर तल खसेको हो। दुर्घटनामा चालक मकवानपुरगढी-२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ […]
१४ मंसिर, काठमाडौँ। सिन्धुलीमा एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। महोत्तरीबाट बिरामी लिएर आउँदै गरेको ज.१.च.८२४ नम्बरको एम्बुलेन्स आज बिहान २ बजे विपी राजमार्गस्थित सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ माथिल्लो बारामा सडक छेउमा रोकी राखेको बा.३.ख.६७९० ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो। सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालका अनुसार दुर्घटनामा परी एम्बुलेन्समा सवार पाँच जना घाइते भएका छन्। […]