मोटरसाइकल दुर्घटनामा आमा-छोराको मृत्यु, बुवा घाइते

In दुर्घटना
१४ मंसिर २०८०, बिहीबार १५:५६

मंसिर १४ , काठमाण्डौ ।

बिहीबार दिउँसो १ बजे मकवानपुरगढी गाउँपालिका-२ धवाडीपुलस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा आमा-छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। 

सुकौराबाट कान्तिलोकपथतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भएर पुलछेउबाट अन्दाजी १० मिटर तल खसेको हो। 

दुर्घटनामा चालक मकवानपुरगढी-२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङतानको टाउकोमा चोट लागेको छ। उनी गम्भीर घाइते छन्। उनको उपचारको लागि हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको छ।