९ वटा सवारी साधनमा दियो ट्रकले ठक्कर, २ जना घाइते

In दुर्घटना
१४ मंसिर २०८०, बिहीबार २१:३४

१४ मंसिर, काठमाडौँ।

मोरङको उर्लाबारी नगरपालिका क्षेत्रमा पार्किङ गरी राखेको  ९ वटा सवारी साधनलाई एउटा ट्रकले ठक्कर दिएको छ।

उर्लाबारी–५ मधुमल्ला रोडमा पार्किङ गरेर राखिएका ९ वटा सवारी साधनलाई आज  बिहीबार दिउँसो अढाई बजेतिर एक ट्रकले ठक्कर  दिएको थियो । ट्रकको ठक्करबाट सावरी साधनमा क्षति पुग्नुका साथै २ जना घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना ३ ख ४०७८ नम्बरको ट्रकले सडक छेउमा पार्किङ गरेर राखिएका ३ वटा अटो टेम्पो, ३ वटा मोटरसाइकल, २ वटा सिटीसफारी र एउटा पिकअप गाडीमा क्षति पुगेको छ । आफैं अनियन्त्रित बनेको ट्रकले सडकको छेउमा पार्किङ गरेर राखिएका को २ ह ४७२२, प्रदेश १–०२–००३ ह ३४०६ र प्रदेश १–०२–००३ ह २९४० नम्बरको अटो तथा प्रदेश १–०२–०५१ प ४४२२, मे ११ प १९९५ र प्रदेश १–०१–०१४ प ७४४३ नम्बरको मोटरसाइकल एवं प्रदेश १–०१–००२ ह २५५० र को १ ह ७६८५ नम्बरको सफारी तथा को २ च २३ नम्बरको पिकअपमा क्षति पुगेको डिएसपी दाहालले बताए।

गिट्टी लोड गरिएको ट्रकले ठक्कर दिँदा केही सवारी साधनमा पूर्ण रूपले क्षति पुगेको बताउँदै, डिएसपी दाहालले भने, ‘केहीमा आंशिक क्षति पुगेको छ। सावरी साधनमा कोही नभएकाले मानवीय क्षति हुन भएको छैन। २ वटा अटोका चालक सामान्य घाइते भएका र उनीहरुको उपचार भइरहेको छ।’