९ मंसिर, काठमाडौँ। उदयपुरको त्रियुगा नगरपालिकामा रहेको अन्नपूर्ण स्कुलको बस दुर्घटना ३६ जना भन्दा बढी विद्यार्थी घाइते भएका छन् । घाइते विद्यार्थी मध्य १२ जना भन्दाबढी गम्भीर घाइते भएका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता एवं प्रहरी […]
पोखरा महानगरपालिका-२४ का वडाध्यक्ष भरतबहादुर अधिकारी जातीय विभेदको कसुरमा दोषी ठहर भएका छन्। जिल्ला अदालत, कास्कीले वडाध्यक्ष अधिकारीलाई जातीय विभेदमा दोषी ठहर गरी ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। आफ्नै वडा सदस्यमाथि विभेद गरेको अभियोग लागेका अधिकारीलाई न्यायाधीश अवन कोइरालाको इजलासले ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना तिरे […]
प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहाल १२ दिनदेखि थुनामा छन् । सवारी ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय झापाले एसपी दाहाललाई पक्राउ गरेको हो । दाहालले चलाएको स्कोरपियो जिपको ठक्करबाट एक जनाको मृत्यु भएपछि २४ कात्तिकमा उनी पक्राउ परेका थिए । उनी यसपटकको तिहारमा पनि प्रहरी कार्यालयमै थुनामै रहेको जनाइएको छ । […]
९ मंसिर, काठमाडौँ। महोत्तरीमा प्रहरी चौकी इन्चार्जको पेस्तोल पड्केर गोली लाग्दा एक प्रहरी जवान घाइते भएका छन्। एकडारा गाउँपालिका–४ स्थित हलखोरी प्रहरी चौकीका इन्चार्ज असई रामईश्वर प्रसाद यादवको पेस्तोल पड्केर प्रहरी जवान राजेशकुमार साह घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार डाँकालाई पक्रेर ल्याएको खुसीयालीमा असई यादवले पेस्तोल पड्काएका थिए। गत […]
९ मंसिर, काठमाडौँ। हमासले इजरायली बन्धकहरूको समूहलाई रिहा गरेपछि ३९ प्यालेस्टाइनी बन्दी रिहा भएका छन्। २४ महिला र १५ किशोरहरूको समूहलाई बन्धक र बन्दी आदानप्रदानको एक भागको रूपमा रिहा गरिएको हो। उनलाई इजरायलको कब्जामा रहेको वेस्ट बैंकको बेतुनिया चेकपोस्ट नजिक रिहा गरिएको थियो। कतारको मध्यस्थतामा कैदीहरूलाई रिहा गरिएको थियो । यसमा इजरायल र हमासबिचको द्वन्द्वमा चार […]
भक्तपुर नगरपालिकाबाट के सिक्ने ? भक्तपुरबाट किन सिक्ने ? भक्तपुर के हो र सिक्ने ? भक्तपुरको आगत र विगत के हो ? आजको दलाल, आसेपासे पुँजीवादी समाजमा समाजवादउन्मुख मोडल सिकाइको के अर्थ ? भक्तपुरको मोडल प्रतिलिपि उतार गर्दा अन्य स्थानीय तहको प्रगति र उन्नति सम्भव छ ? भक्तपुरको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, जनसांख्यिक तस्बिर एवं […]
विराटनगर । मोरङको उर्लाबारीमा गत कात्तिक २६ गते लक्ष्मी पूजाको दिन भएको आगलागीको घटनामा घाइते भएका अर्का एक व्यक्तिको पनि मृत्यु भएको छ । उर्लाबारी ७ का ६८ वर्षीय रुकुमबहादुर कार्कीको काठमाडौँको कीर्तिपुर वर्न अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएपछि सो घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । आईसीयूमा उपचाररत कार्कीको शनिबार बिहान […]
भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना बालबालिकालाई विद्यालय पोसाक प्रदान गरेकी छन्। उपप्रमुख शेर्पाले जिल्लाको पश्चिमी भेग गुप्तेश्वरमा रहेको कालिका प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पोसाक वितरण गर्नुका साथै त्यहाँका शिक्षकशिक्षिका, विद्यालयको अक्षय कोषका दाता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवीलाई सम्मान गरेकी हुन्।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान (नोभेम्बर २५ देखि डिसेम्बर १०) लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता”
९ मंसिर, काठमाडौँ। पोखराको सहारा क्लबले यस वर्षको देउसीभैलो कार्यक्रमबाट सङ्कलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्पप्रभावितलाई प्रदान गरेको छ। तिहारमा देउसी खेलेर सङ्कलन भएको रु ५५ हजार पाँच सय ५५ भूकम्पप्रभावितलाई प्रदान गरिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए। क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको उनले बताए।