महाधिवेशनपछि पार्टी एकल अध्यक्ष प्रणालीमा संचालन हुने

In राजनीति
२९ बैशाख २०७६, आईतवार ११:४१

चक्रीय प्रणालीबाट संचालित राष्ट्रिय जनता पार्टी  (राजपा) ले कात्तिक २८ देखि ३० गतेसम्म हुने महाधिवेशनबाट अध्यक्षमण्डलीय प्रणाली हटाउने भएको छ। महाधिवेशनपछि राजपा एकल अध्यक्ष प्रणालीमा जाने भएको छ।  हाल छजना सदस्य रहेको अध्यक्षमण्डल रहेको छ। अध्यक्ष मण्डलका सदस्यहरु दुई दुई महिनाका लागि चक्रप्रणालीमा संयोजक रहने गरेका छन्।

अध्यक्ष मण्डलमा रहँदा नेताहरुको ध्यान नेतृत्वकालागि केन्द्रित हुने र संगठन बलियो नहुने निष्कर्ष निकल्दै राजपाले  पार्टीको पहिलो एकता महाधिवेशनपछि पार्टी एकल अध्यक्ष प्रणालीमा संचालन हुने गरी महाधिवेशनमा प्रावधान लैजाने तयारी गरिएको छ।

२०७४ वैशाख ७ गते मधेश केन्द्रीत छवटा दल मिलेर राजपा नेपाल बनेको थियो। सामूहिक नेतृत्वका लागि छजना अध्यक्ष रहने गरि अध्यक्षमण्डल बनाइएको थियो। अध्यक्षमण्डलका कारण संगठन निर्माणमा समस्या भएको भन्दै तल्लो तहबाट अध्यक्ष प्रणालीबाट पार्टी सञ्चालन गर्नुपर्ने सुझाव आएको थियो। पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठन भएको विधान मस्यौदा तयारी समितिले विधान तयार गरिसकेको छ।