
चुनावको समयमा गुल्मी क्षेत्र नम्बर २ को नाम आउँदा बितिक्कै चर्चित नाम रामकुमारी झाँक्री गोकर्ण विष्ट मन मा आइहाल्छ । कडा प्रतिस्पर्धा को सामना गर्दै जीत र हार हुने क्षेत्र गुल्मीमा आहिले एक्कासी फरक खबर आएको छ । जब कलाकार बोम बहादुर कार्कीको स्वतन्त्र उम्मेद्वार हल्ला चल्यो गुल्मीमा सबै चकित परेका छन् । गुल्मी क्षेत्र नं २ बाट बोम बहादुर कार्कीले गोकर्ण विष्ट र रामकुमारी झाँक्री लाई हराउन सक्लान् त ??? सबैको मन मा आज त्यही कुरा खेलिरहेको छ ।
गीत संगीत , राजनीति , सरकारी कर्मचारी तथा राष्ट्रकै धेरै जनप्रिय नेता हरुले गुल्मी लाइ सुनमा सुगन्ध थपेका छन्। राष्ट्रकै गहना बोमबहादुर कार्की गुल्मेली माटोमा हुर्केर गित संगीत मार्फत संसार भर आफ्नो नाम संगै गुल्मी लाइ पनि चित परिचित बनाएको एक जनप्रिय कलाकार हुन्।
विश्व प्रसिद्ध प्रशारण सस्था बीबीसी र रेडियो नेपाल मा गरि २९ बर्षको संचार तथा प्रसासनिक अनुभव भएका कार्की समाज सेवामा पनि अविरुची भएका व्यक्ति हुन्।
समाजसेवा र विकास निर्माणमा जोड दिने कार्की ले झण्डै चार दशक पहिले गुल्मी घमिरमा आफ्नै लगानी तथा पहल मा देवीस्थान माध्यमिक विद्यालय बनाएका थिए ।
कलाकारिता सँगै समाजसेवामा चासो राख्ने कलाकार कार्की आहिले राजनीतिमा होमिनु को कारण के हो त ?
सन्देश नेपालको यो प्रश्नमा बोम बहादुर कार्की को जवाफ छ : म राजनीतिमा होमिएको होइन तर पटक पटक सम्म जनताको मतले जितेर सरकारको भत्ता मात्र खाने हाम्रा नेता हरुले गरेका काम बाट तिनै जनता असन्तुष्टि भएको र तिनीहरूको दुःख पिँडा मा कुनै मलम लगाउन सक्ने नेता नभएको ले आफू ले एक पटक समाज सेवा गर्न मन लागेको उनको उनीनबताउँछन् ।
विकास निर्माण को कुरा गर्दै कार्कीले भनेका छन्
जहाँ देखिने र सजिलो काम छ त्यही मात्र देखालो विकास भयो तर भित्र भित्र जनताको समस्या जस्ता को तेस्तै छ ।
विकास को नाम लिएर प्रतिस्पर्धा गर्ने हरुले केही परिवर्तन नगरेको पनि उनको दाबी छ ।
पटक पटक सम्म जनता ले विश्वास गरेका हरुले गरेको काम भन्दा आफूले विकास र परिवर्तन गर्न सक्ने मा कार्की ढुक्क छन् ।
केही कलाकार तर सर्जक हरुले गुल्मी क्षेत्र नं २ बाट बोम बहादुर कार्की लाई स्वतन्त्र उम्मेद्वार बनाउने चाहना लाई यसरी फेसबुक मार्फत लेख्नु भएको छ !