11 views 1 sec 0 comments

झुक्दै नझुक्ने नेपाली छोरी ‘गुल्मेली झाँक्री’

In देश, राजनीति
२ कार्तिक २०८०, बिहीबार १६:३५

कमल भुसाल ।

कार्तिक २, काठमाडौँ।

नेपाली बाट विदेशी हुनको लागि गरेका सम्पूर्ण हर्कतहरू नभुल्न पनि सम्झाउँदै झाँक्रीले “तपाईं त्यहाको वकिल हो ? प्राकटिस्नर हो ?” भनेर सोझ्दै गर्दा खैला बैलानै भयो !

तर, “बोल्न पाइन्छ” भनेर मुखको कालो टेप फुत्त फालेर राष्ट्रपतिकै बारेमा खुल्ले आम जनताको मनको कुरा गर्न सक्ने झाक्रीलाई त्यो खैला बैलाले रौँ पनि हल्लिएको थिएन ।

उनलाई झनै ऊर्जा थपिएको जस्तो अनुहार देखिन्थ्यो ।

कानुनमा स्नातक गरेकी झाँक्रीले आफ्नो लाइसन र अनुभव मात्र होइन देशको कानुन बनाउन सम्म आफूले गरेको योगदान समेत मज्जाले सुनाइन् । हुन पनि झाँक्रीको कुनै पनि कुरा झुट थिएन ।

त्यसै गरी मानव अधिकारको बारेमा जानकारी नभएका तर डलरको खेतीमा अली धेरै व्यस्त भएकाहरूलाई झाँक्रीले रेस्टुरेन्टमा मात्रै बिजी नहुन र कानुनको बारेमा अधिकारको बारेमा पनि केही समय दिन एक झटारो बाटै सन्देश दिएकी थिइन्।

प्रदेशमा बसेर पैसा र मस्तीको लागि आफ्नो नागरिकता त्याग्ने, पासपोर्ट पनि त्याग्ने …

बिहान उठेर आँखाको कचरा नफाल्दै नेपालको बारेमा नानाथरी कमेन्ट लेखेर बस्नेहरुलाई “मोबाइल खोलेर हेर्दा रामकुमारी झाँक्रीको फोटो देख्दा पनि हात बाट मोबाइलनै भुइँमा झर्ने गरी झटारो हानेका केही तिता सत्यहरू आज सामाजिक सञ्जालमा भाइरल बनेका छन् “। यही देशको लागि कत्ति सहीद भए, बेपत्ता भएर कोही घाइते भएर बल्ल बल्ल बाचेकाहरूलाई नभएको देशको चिन्ता; देशको नागरिकता त्यागेर पासपोर्ट त्यागेर विदेशमा बसेर नाना थरी स्टाटस र कमेन्ट लेख्ने लाई नहुने र यिनीहरूले देश लाई कसरि हुन्छ नराम्रो दिशातर्फ लैजाने नियतमा रहेको उनको भनाइ बाट बुझ्न सकिन्छ । झाँक्रीले कोहीलाई लक्षित गर्दै, धमिलो पानीमा माछा मार्न खोज्ने प्रयास गरेको भन्दै यही तरिकाले हो भने अर्को पुस्ता लाई आतङ्ककारी बनाउँदै हुनुहुन्छ भनेर औंला ठडाएकी थिइन्!

नेपाली नागरिकता त्यागेर जाने, बिर्टिस पासपोर्ट बोकेर आउने अनि ठूला कुरा गर्ने र बराबरी हुन खोज्ने लाई उनले नेपाली पासपोर्ट बोकेर आउनुस् हामी सँगै चुनाव लड्नुहोस् भनेकि छन् ।

नागरिकता विधेक लाई सम्मान गर्नुको साटो अपमान गर्ने लाई भोलि कुनै दिन विदेशमा कमाएको डलरको बिरुवा हुर्किएर फल दिन लागे पछि नेपाल लिएर त्यो बिरुवा रोप्ने र बिरुवाको फल बेच्ने मनोस्थिती बन्ने बेला यो विधेकले धेरै अर्थ राख्ने छ । यो सम्म पनि बुझ्न नसक्ने हरू संग उनी बोल्न चाहिनन् !

अन्त्यमा झाँक्रीले एउटा सोलजर्सको भन्दा माथि दिमाग नहुने सँग डिबेट गर्नुको अर्थ नहुने देखेको भन्दै रोष्टमबाट बिदा भएकी हुन।