विप्लवका विद्यार्थी नेता ढकाललाई अनामनगरबाट पक्राउ…

In राजनीति
२७ बैशाख २०७६, शुक्रबार १३:४१

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अनेरास्ववियु(क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार काठमाडौंमा आयोजित ११ विद्यार्थी संगठनको संयुक्त कार्यक्रमबाट ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।
महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होमिन्द्र बोगटीले उनलाई पक्राउ गरिएको पुष्टि गरे। ढकाललाई महानगरिय प्रहरी परिसर काठमाडौंमा राखिएको र उनीमाथि थप अनुसन्धान गरिने बोगटीले बताए।