सोनिकाको हट् अवतार

In मनोरञ्जन
५ मंसिर २०७४, मंगलवार १२:१५

 

वाउ नेपाल’ युट्युब च्यानलमा कार्यक्रम प्रस्तोताका रुपमा परिचित सोनिका रोकाया एउटा म्युजिक भिडियोमा हट अवतारमा देखिएकी छिन् । ‘चाहने’ बोलको भिडियोमा उनी पहिलो पटक मोडलका रुपमा उदाएकी हुन् ।

अपलोड भएको केही दिनमै यो भिडियोले चर्चा बटुलिरहेको छ । यो भिडियोमा सोनिकासँगै एलिजा श्रेष्ठ, पि डलर एम र आरजे एसआईको अभिनय रहेको छ ।

अमेरिकादेखी नै भिडियोको छायांकन गर्न आएका आरजे एसआईको यसमा शब्द, कम्पोज तथा स्वर रहेको छ । डेन्निस बिट्सको संगीतमा बनेको यस भिडियोमा पि डलर एमले र्‍याप दिएका छन् ।