1060 views 1 sec 0 comments

दाहाललाई मोदीले फोन गरे, चिनियाँ राजदूतले भेटेरै दिइन् समवेदना

In देश, राजनीति, विश्व, समाज
५ मंसिर २०७४, मंगलवार १२:०७

 

 

पुत्र गुमाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दुई छिमेकी मित्र राष्ट्रले समवेदना व्यक्त गरेका छन्।

दाहालको सचिवालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नै उनलाई फोन गरेर समवेदना व्यक्त गरेका थिए। मोदीले फोनमा नेपालले एउटा होनाहार युवा नेता र प्रचण्ड परिवारले कर्मठ छोरो गुमाएकोमा शोक व्यक्त गरेका थिए। समवेदना व्यक्त गर्न काठमाडौंस्थित भारतीय राजदूत मञ्जिवसिंह पुरी आइतबार पेरिसडाँडास्थित माओवादी कार्यालय पुगेका थिए।

समवेदना दिन नेपालस्थित चिनियाँ राजदूत यु होङले सोमबार बिहान दाहाल निवास लाजिम्पाट पुगेकी थिइन्।

त्यसैगरी संयुक्त राष्ट्रसंघको आवासीय कार्यालयले प्रकाश दाहालको अल्पायू र अकल्पनीय निधनले संयुक्त राष्ट्र संघ मर्माहत भएको उल्लेख गर्दै समवेदना प्रकट गरेको छ।

सोमबार नै रुसी राजदूत एन्ड्री बुडनिकले प्रकाश दाहालको आकस्मिक निधनले आफू स्तव्ध भएको समवेदना व्यक्त गरेका छन्।

दाहालपुत्र प्रकाशको आइतबार बिहान निधन भएको थियो।