
काठमाडौँबाट मनकामना जाँदै गरेको बस धादिङको सलाङघाटमा दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको ज्यान गएको छ। मृतकको पहिचान खुल्न सकेको छैन।
पृथ्वी राजमार्गमा पर्ने धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ सलाङघाटमा ३० जना यात्रु सहितको उक्त बस दुर्घटनामा परेको हो।
आइतबार बिहान काठमाडौँदेखि गोरखाको मनकामना दर्शक गर्न जाँदै गरेको बा ४ ख १४१५ नम्बरको बस आभेरट्याक गर्ने क्रममा सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।