विश्वकप २०२२ मा खेल्ने टिमको संख्या बढाएर ४८ बनाउने तयारी …

In खेलकुद
२९ फाल्गुन २०७५, बुधबार १७:४२

आगामी विश्वकप फुटबल २०२२ मा कतारमा हुँदैछ । यसमा सहभागी टिमको संख्या बढाएर ४८ बनाउने तयारी गरिएको छ । यसअघि रुसमा भएको विश्वकपमा ३२ टिममात्र सहभागी भएका थिए । अहिलेसम्म भने ३२ टिम खेल्ने हिसाबमा कार्यक्रमको तयारी गरिएको छ । यद्यपि यो प्रतियोगितामा ४८ टिम पनि हुन सक्छन् । टिमको संख्या बढाउने प्रयास गरिएको भए पनि सम्भव नभएमा भने टिमको संख्या बढ्ने छैन । यस विषयमा जूनमा बस्ने फिफाको बैठकमा अन्तिम फैसला हुनेछ ।
रिपोर्टका अनुसार फिफाले बढ्ने टिमका लागि बहराइन, कुवेत, ओमान, साउदी अरब र युएइमा नयाँ स्टेडियमको खोजी सुरु गरिसकेको छ । फिफाले आयोजक कतारसँग नै यी देशहरुसँग यस विषयमा छलफल गर्न भनेको छ । प्रतियोगिताको लागि बतारले ८ स्टेडियम बनाइरहेको छ । जुन ५ देशमा स्टेडियम खोजि भइरहेको छ ती स्टेडियमको दर्शक क्षमता कम्तीमा ४० हजार हुनुपर्नेछ । विश्वकपमा खेल्ने टिमको संख्या बढ्दा आयोजकहरुलाई करिब ४५ अर्ब रुपैयाँ फाइदा हुने अनुमान गरिएको छ ।